लेखक सरोज भट्टराई साहित्यिक कृति 'कलेजी प्रेम' लिएर पाठकमाझ आउने भएका छन्।
राष्ट्रियता, देशप्रेम, प्रेम, भावना तथा मानवीय संवेदनालाई विषयवस्तु बनाइएको कृति असोज १८ गते एक कार्यक्रमकाबीच लोकार्पण हुने भएको हो।
लेखक भट्टराईको यो पहिलो साहित्यिक कृति हो।
'कलेजी प्रेम'मा राष्ट्रियता र देशप्रेमसँगै समाज तथा मानवीय संवेदनाका विविध पक्षलाई साहित्यिक रूपमा प्रस्तुत गरिएको बताइएको छ।