मोडल तथा अभिनेत्री गरिमा शर्माले आफू प्रेम सम्बन्धमा रहेको खुलाएकी छिन्। उनले सामाजिक सञ्जाल पोस्टमार्फत आफ्नो 'रिलेसनसिप स्टाटस' खुलाएकी हुन्।
उनले सार्वजनिक गरेको तस्बिरमा युवकले हातमा 'गरिमा' नामको ट्याटु खोपेको देखिन्छ। गरिमाले क्याप्सन लेखेकी छिन्, 'उसले प्रस्ताव राख्यो र मैले हुन्छ भनेँ। प्रमिस रिङ।'
तस्बिरमा दुवैको अनुहार देखिँदैन। प्रेमीको हात समातेको मात्र देखाइएको छ।
गरिमाले सोमबार कुनै ताल छेउमा पछाडिबाट खिचिएको दुई जनाको तस्बिर समेत साझा गरेकी छिन्। उनले आफ्ना प्रेमीबारे केही जानकारी दिएकी छैनिन्, जसका कारण कतिपय प्रशंसकहरूले ति युवक को हुन् भनेर जिज्ञासा राखिरहेका छन्। गरिमाको फेसबुक पोस्टमा भने धेरैले उनलाई बधाईं दिइरहेका छन्।
म्युजिक भिडिओबाट उदाएकी गरिमाले 'लण्डन टु पेरिस' बाट फिल्ममा डेब्यु गरेकी थिइन्।