बालबालिकाको गायन रियालिटी शो 'द भ्वाइस किड्स' सिजन ४ यही शुक्रबारदेखि प्रसारणमा आउने भएको छ।
निर्माणपक्षले प्रोमो सार्वजनिक गर्दै जेठ ३० देखि प्रत्येक शुक्रबार र शनिबार राति ८ बजे 'भ्वाइस किड्स' प्रसारणमा आउन लागेको जानकारी दिएको हो।
यो सिजनमा कोचका रूपमा सत्यराज आचार्य, मिलन नेवार, खेम सेञ्चुरी र मेलिना राई छन्। सत्यराज र खेम शोको नयाँ कोचका रूपमा भित्रिएका हुन्।
मेलिना र मिलनले भने चौथो सिजनमा पनि कोचका रूपमा निरन्तरता पाएका हुन्।
'भ्वाइस किड्स' मा ६ देखि १४ वर्ष उमेर समूहका बालबालिकाले भाग लिँदैछन्।
शो हिमालय टिभी र द भ्वाइस अफ नेपालको युट्युबमा दर्शकले हेर्न पाउनेछन्।