गायक सज्जनराज वैद्यले आफ्नो नयाँ गीतमा अभिनेत्री दिव्या रायमाझीसँग सहकार्य गरेका छन्।
यी दुईको सहकार्यमा 'बेहुली' शीर्षकको गीत स्रोता तथा दर्शकमाझ आउँदैछ। गीतको ट्रेलर सज्जनराजले बिहीबार बेलुका युट्युबमा सार्वजनिक गरेका छन्। गीतको पूरा भिडिओ शनिबार आउने उनले जानकारी दिएका छन्।
भिडिओमा सज्जनराज र दिव्यालाई दर्शकसँग संगै देख्न पाउनेछन्। यो गीतको छायांकनका भिडिओ केही दिनयता सामाजिक सञ्जालमा समेत चर्चामा छन्।
युवा पुस्ताका चर्चित गायक सज्जनराज र गत वर्ष फिल्म क्षेत्रमा उदाएकी दिव्याबीचको सहकार्यलाई फ्यान एवं प्रशंसकहरूले चासोका साथ हेरेका छन्।
दिव्याले पछिल्लो समय एकपछि अर्को फिल्म तथा विज्ञापनमा काम गरिरहेकी छन्।