गायक सविन श्रेष्ठले 'मनका कुरा' बोलको गीत सार्वजनिक गरेका छन्।
सविनकै शब्द, संगीत र स्वर रहेको गीतमा खुसी खोज्दाखोज्दै हरेस खाएको प्रेमीको कथा छ। माया पाउन संघर्ष गर्दागर्दै थाकेको प्रेमीको कथालाई गीतले समेटेको छ।
एक्लिएको जिन्दगीमा मनको बह पोख्ने मानिस पनि नहुँदा उदासिएको प्रेमीको कथा भन्ने गीतले आफ्नो आँखैअगाडि उजाडिएको प्रेमको कुरा गर्छ। प्रेम र धोकाको वरिपरि गीत घुमेको छ। सविन प्रायः बिछोडिएको प्रेमको वरिपरि रहेका गीत लेख्ने र गाउँने गर्छन्।
गीतमा मिक्सिङ तथा मास्टरिङ गोपाल रसाइलिले गरेका छन्। भिडिओमा सुजन जिम्बा र दिप्शा कार्कीको अभिनय छ।
संकल्प भुजेलले खिचेको भिडिओ सम्पादन भुपेन्द्र अधिकारीले गरेका छन्। भिडिओ निर्देशन दिमेश श्रेष्ठले गरेका छन्। भिडिओ कन्सेप्ट पनि निर्देशक स्वयंको हो।