युवापुस्तामा रूचाइएका गायक केहर सिंह लिम्बुले नयाँ गीत सार्वजनिक गरेका छन्।
'सरर सरर...', 'तिमीलाई सम्झेर', 'टुटेको मुटु', 'बैगुनी' सहितका चर्चित गीतका सर्जक तथा गायक लिम्बुको नयाँ गीत 'झ्यालैमा' शनिबार सार्वजनिक भएको हो।
केन्द्र मोशन पिक्चर्स युट्युबबाट सार्वजनिक गीतमा केहर सिंहको एकल स्वर छ। यसको कम्पोज सुमन तामाङ र केहरको हो।
भिडिओमा केहरले मीना योसिदा गुरूङसँग अभिनय गरेका छन्। भिडिओको निर्देशन सागर लामिछाने मगरले गरेका हुन्।
शनिबार रिलिज भएको 'झ्यालैमा' ले यतिबेला स्रोता तथा दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाइरहेको छ।