गुरुङ समुदायको रोधीं संस्कृतिमा आधारित गुरुङ भाषाको नयाँ गीत ‘ङिल रोधिंरी’ नेपाली गीत–संगीतको बजारमा सार्वजनिक गरिएको छ।
आइतबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा गायिका दुर्गा गुरुङ र गायक नरेश गुरुङले तमु ल्होछार नजिकिँदै गर्दा गीत सार्वजनिक गरेका हुन्।
गीत सार्वजनिक कार्यक्रममा गण्डकी प्रदेश तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका प्रतिनिधि तथा वालिङ नगरपालिका–१ का वडा अध्यक्ष पदम राज गुरुङ प्रमुख अतिथि थिए भने विशेष अतिथिमा तमु कलाकार संघ नेपालका संस्थापक अध्यक्ष धर्मराज गुरुङ, तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद उपत्यका प्रमुख सागर गुरुङ, तमु कलाकार संघ नेपालका सल्लाहकार प्रितम गुरुङ, तथा वरिष्ठ गायिका एवं संघकी पूर्व अध्यक्ष शर्मिला गुरुङलगायतका व्यक्तित्वहरू उपस्थित थिए।
-1763957513.jpg)
गीत केशबहादुर गुरुङले लेखेका हुन्।
सामूहिक स्वरमा भिमकला गुरुङ, टिका गुरुङ, शिशिर गुरुङ र मनाङ्ग गुरुङले साथ दिएका छन्।
म्युजिक भिडियोमा आनन्द गुरुङ र दिपशिखा गुरुङले मुख्य अभिनय गरेका छन् भने गीतको संगीत संयोजन तेजेन्द्र गुरुङ र निर्देशन उमेश गुरुङले गरेका हुन्।
कार्यक्रममा गुरुङ समुदायको संस्कृति जगेर्ना तथा गीत–संगीतमा योगदान पुर्याउँदै आएका कलाकार र सर्जकलाई परम्परागत शैलीमा सम्मान पनि प्रदान गरियो।
अतिथिहरूले ‘ङिल रोधिंरी’ ले गुरुङ संस्कृतिको संरक्षण गर्दै अहिलेको डिजिटल प्लेटफर्ममार्फत नेपाली गीत–संगीतलाई विश्वभर चिनाउने विश्वास व्यक्त गरे।
गायिका दुर्गा गुरुङले गीत आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी छिन्।