युवापुस्तामाझ लोकप्रिय सांगीतिक समूह 'कुमः सागर एण्ड द ख्वप' ले अमेरिकाको एक महिना लामो सांगीतिक भ्रमण गर्ने भएको छ।
सन् २०२६ को जनवरी महिनामा ब्यान्डले आफ्ना चर्चित गीत–संगीत मार्फत अमेरिकामा रहेका नेपाली दर्शक तथा श्रोतालाई मनोरञ्जन दिलाउने भएको हो।
'युएसए टुर २०२६' नाम दिइएको यो भ्रमण जनवरी २ देखि ३१ तारिखसम्म चल्नेछ। डाकवो इभेन्टस् र युएसए इन्टरटेनमेन्टको प्रस्तुतिमा टुर हुन लागेको हो।
आयोजकका अनुसार न्यूयोर्क, मेरिल्याण्ड, म्यासाचुसेट्स, ओहायो, टेक्सास र क्यालिफोर्निया लगायतका प्रमुख सहरहरूमा भव्य कन्सर्ट गर्नेछ।
पछिल्लो समय नेपाली मौलिकता झल्काउने फ्युजन र लोक शैलीका गीत-संगीतमार्फत कुमः सागर र उनको ब्यान्डले दर्शक तथा श्रोताको मन जितेको छ।
