नेपालको चर्चित सांगीतिक समूह ‘कुमः सागर एन्ड द ख्वपः' को पूर्वनिर्धारित अमेरिका कन्सर्ट स्थगित भएको छ। ब्यान्डले बुधबार सामाजिक सञ्जालमा सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो।
सूचनाअनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण केही विमानस्थल बन्द र केही उडान स्थगन भएका कारण निर्धारित समयमै यात्रा गर्न असमर्थ भएपछि कन्सर्ट स्थगित गर्नुपरेको जनाइएको छ।
ब्यान्डको अमेरिकाको डलासमा मार्च ६ (शुक्रबार) का दिन कन्सर्ट तयारी थियो। अब यो कन्सर्ट रद्द गरिएको छ।
कन्सर्टका लागि टिकट खरिब गरिसकेका दर्शकहरूलाई मूल खरिद स्थलबाट रिफन्डसम्बन्धी जानकारी प्रदान गरिनेछ।
आयोजकहरूले असुविधाको लागि क्षमायाचना गर्दै यो अप्रत्याशित परिस्थितिमा दर्शकहरूको समझदारीको अपेक्षा गरेका छन्।
