गायक हेमन्त शर्मा र गायिका अस्मिता अधिकारीको स्वरमा नयाँ प्रेमगीत 'मायामा के राम्रो' सार्वजनिक भएको छ।
प्रेम र आत्मीयतालाई केन्द्रमा राखिएको गीत बुधबार हेमन्तको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतमा प्रेममा रहेका दुई मनबीचको आत्मीय सम्बन्धलाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ।
गीतमा भनिएको छ-
'धर्तीमा फूल फूलेकै राम्रो,आकाशमा जून खुलेकै राम्रो
मायामा के राम्रो, त्यता चोट लाग्दा यता दिल दुख्ने यही जोडी हो राम्रो।'
यो हेमन्त र अस्मिताको लोकप्रिय गीत 'उता परेली झिमझिम'पछिको सहकार्य हो।
प्रेमभावले भरिएको गीतका शब्द हेमन्त शर्मा स्वयंले लेखेका हुन्। यसमा कृष्ण बीके (भाञ्जा) ले संगीत संयोजन गरेका छन्। गीतको साउन्ड मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका हुन्।
गीतको भिडिओमा अभिनेता सुनिल क्षेत्री र अभिनेत्री करिश्मा केसीले अभिनय तथा नृत्य गरेका छन्।
भिडिओको कोरियोग्राफी तथा निर्देशनसमेत सुनिल क्षेत्रीले नै गरेका हुन्।
करिब आठ मिनेट लामो भिडिओको सम्पादन अमृत चापागाईंले गरेका छन् भने छायांकन पवन सुस्लिङले गरेका हुन्।
गीतको संगीतमा रत्न बीकेको बाँसुरी, सञ्जीव बराइलीको गिटार र हेमन्त कान्छा रसाइलीको सारंगीको प्रयोग गरिएको छ। गीतका रेकर्डिस्ट गोविन्द अनेक र सफल विश्वकर्मा हुन् भने कमल थापा मगरले प्रि-मिक्सिङ गरेका छन्।
भिडिओ:-