Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati ब्लग
Subscribe Setopati
मंगलबार, फागुन २६, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

बहिनीलाई चिठी

Nmb
Nmb

पूजा शर्मा 'प्रकृति प्रेमी'

भदौ १८
gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

प्यारी बहिनी आरति,

अपार माया रमझम, सम्झना एक साथ हुरीझैं आउँछ। अनि निमोठिन्छ मेरो मन तेरो यादले। मैले यतिभन्दा र सोच्दा नमिठो गरेर तैंले आफ्नो मनलाई बोझिलो र आँखा ओसिलो नपार्नु। मैले नसम्झिएको सोच्दी होस् है! हैन तँलाई मैले कैले नै बिर्सिएको छु र? बिर्सिन पनि सक्दिनँ। साँचो भन्दा तँलाई कसैले पनि बिर्सेको छैन।

मेदीका फाटहरू, सालथुम्के खरबारी, छत्तिसेको स्कुल तँलाई सम्झिरहन्छन्। बिहानको झुल्के घामदेखि रातैभरी तिम्रै सम्झनामा बस्छन्। त्यो जल्केनीको रहमा नाङ्गै पौडी खेल्दाको याद आउँछ होला है!  

मान्छेले एकटकले हेर्दा पानीभित्रै दुई घन्टा बसेको पनि याद छ नि?  

घाँसका डोकासँगै तँलाई बगाएको भुलिस् र? पक्कै छैनेस् नि! स्कुल जाँदा बाटोमा खेल्दै जाँदा परीक्षा नै छुटेको पनि याद छ मलाई।

सबैभन्दा दु:ख त त्यतिबेला लागेको थियो! मलाई हेर्न भनेर त्यति टाढाबाट आएको केटाले मेरै अगाडि दिदीभन्दा बहिनी मन पर्यो भन्दा। किशोर अवस्थाको मेरो मन वर्षौंसम्म यो कुराले हिट गर्यो। त्यो परिवेशले वर्षौंसम्म निमोठिरह्यो।

तँभन्दा पन्ध्र मिनेट अगाडि यो संसार देखेकी मैले, जहिले पनि  शक्ति र सत्ता मेरै हातमा छ भन्ठानें  तँ अलि अग्ली, गोरी र सर्लक्क परेको शरीरकै कारण कति सम्म हुन्थ्यो! जो कोही प्रशंसा गर्थे तेरो। कोही मेरा साथी भेट हुन्थे त भन्थे, ‘बैनी मिलाइदेऊ न!’  

Premier
Premier

didibabhini-1693826287.jpg

सोच्दा कस्तो कस्तो हुन्छ। तर म भित्रभित्रै डाहाले आफूलाई पोलिरहेको हुन्थ्यो भत्भती। विस्तारै समय बदलियो। मेरो सोच बदलियो। चिन्तन बदलियो। के भन्नु आफू अलिकति परिपक्व भइयो।

Ncell
Ncell

आज शब्दहरू बोझिलो भएर नि कलम आफैं सर्दैछ। मैले तेरो हर कदममा बताससँगै चन्चल भएर रमाएका बादलको झै रफ्तार देखेको दिन म विश्वलाई चुनौती दिनेछु। संसारको सबैभन्दा भाग्यमानी म हुँ। भन्ने छु केवल ममात्र भाग्यमानी। कहिलेकाहीँ पुरानो समय सम्झन्छु। 

अल्लि रिसाहा थिएँ। बहिनीलाई खुब पिट्थें। पिटाइ खाएकी छेस् तैंले मेरो हातबाट। कति दिन नबोले झैं पनि गरिस्। म उस्तै चण्डी थिएँ। रिसाहा चण्डी जस्ती। कसैलाई बाल नदिने काल भैरवी जस्ती।     म सोच्छु। लाग्छ त्यो व्यक्तिसँग रिसाइन्छ जसलाई अथाहा प्रेम गरिन्छ।

मैले तेरो ओठमा पिँजडाबाट आजाद पंक्षीको झैं आजाद हाँसो देखेको दिन यो संसारलाई चिच्याएर सुनाउँछु। मेरो बहिनीको माया। मेरो सफलताको खुड्किलो अलि टाढा टाढा छ जति चोटी चढ्न खोजें। किन हो मलाई त्यो भन्दा धेरै पटक आशाले लोप्पा खुवाएको छ।   

विस्तारै बोल्नु मेरो हैसियतभन्दा सानो कुरा हो जस्तो लाग्थ्यो। तर हिजोआज आएर लाग्छ दिदी बहिनी आमा पछिका आमा हुन् जस्तो लाग्छ। जति नै पिटे पनि म बिरामी हुँदा रात रात जागाराम बसेर पानी पट्टि लगाएको अझै सम्झना उस्तै छ बहिनी। तैंले मलाई निकै माया गर्थिस्।

यो साँघुरो काठमाडौंको रहनसहनमा भिजें पनि तेरो दिदीले किन्चित पनि मन साँघुराएकी छैन। सबै भावना धुवाँले उडाउने बानी परेता पनि मनमा आसिन तेरो मायालाई अलिकति पनि छुन दिएको छैन।   बाँच्नको लागि साहस चाहिन्छ। सासको के भरोसा र?  समय र संसारलाई साक्षी राखेर भन्छु। संसारमा त्यस्तो कुनै चिज छैन जो सधैं अमर रहिरहोस्। माया त्यस्तै होला सायद। अनि क्रमैसँग समयको चक्रसँगै अस्तित्व ननासियोस्। यो माया, पिरती याद, सम्झना, लोभ, ईर्ष्या, रोदन, हाँसो, आँसु, सम्झना, क्षणभरको लागि मात्र नहोस्। अनि हाम्रो दिमाख शून्यमा नहराई समयको क्षितिजमा शिखर बनेर ठिङ्ग उभिन्छ। 

गइ त हाल्यौ परदेश, शून्य बनाएर घर देश। बाले दिएका आशीर्वादका पोकाहरू सुटुक्क झोलाको पिँधमा राखेर हजुरामाले दही खुवाउँदै,  ‘बाबू झट्टै फर्केस है’ भनेको बिर्सिस् र? त्यो सबै चटक्कै छोडेर हुरूरू उडेर घरको आगँनमा टेकौं लाग्दो हो नि हैन र?

हामि गर्भमा हुँदैदेखि लागेको ऋणको बोझ किन हजार-हजार हजारौं पटक तिरेर पनि सकिन्न होला? आमा यही प्रश्न सोधी रहन्छिन्  हाम्रा निम्ति सपना देखेका तिनी बा-आमा तिम्रा आँखालाई हेर्न समयको आँखामा जलप लगाउँदै होलान् तिमी पनि अर्को साल घर फर्क किनकि तैंले पठाएको रेमिट्यान्सबाट यो देश बाँचिरहेको छ।

विभिन्न समय परिवेश र काल खण्डको परिवर्तनसँगै  जिन्दगी त नेटो काटिसकेछ। अर्को साल बुवा आमाहरू आँगन पोलेर बाजा बजाउने शुरमा  हुनुहुन्छ।  यसपालि रंगहरू फिक्का हुनेछन्, रंगहरू उदासी हुनेछन्। यसो सोच्नु पनि मेरो भ्रम हुनेछ। यसपालि पनि सयपत्री, मखमलीले फुल्न कहाँ छाडेका छन् र? फूलमा पनि म तेरै अनुहार र रूप देख्छु। उस्तै जीवन्त सौन्दर्य छरिरहेछन्। उस्तै उत्कृष्टताका साथ मुस्कुराइरहन्छन् मलाई हेर्दै। स्वागत गरिरहेछन् फूलहरूको पर्वलाई। प्यारी बहिनी तिमी बिहानी घामसँगै उदाउनु फूल हेरेर मुस्कुराउनु, उदास र निराश कहिल्यै नहुनु। उदास हुन तिमी जन्मेको पनि हैन,निराश बनाउन खोजेकी पनि छैन। 

आजभन्दा चौबीस वर्ष अगाडि हामी दुई छोरीको उपस्थितिलाई अर्थहीन सोचेर उपेक्षा गर्नेहरू हाम्रो आगमनमा अधर्य भएर पर्खिऊन्। हो आज देखि नसहनेहरूले भोलि सर्वत्र देखिरहून्। परिस्थितिले बन्धक बनाएर के भयो त? हेर त आज हाम्रो जन्मदिन! यो वर्ष यस्तै भयो। अर्को ह्याप्पी बर्थडेमा मिले र परदेशीले छुट्टि पाए धुमधामले  मनाउँला। तिम्रो  दीर्घायुको निम्ति भगवान पशुपतिनाथसँग प्रार्थना गरिरहनेछु। एन्ड ह्याप्पी बर्थडे टू मी।  तिमी खुसी लिएर फर्किनु हाम्रो त्यो सानो छानो चुहिने कुटीमा।                  

तँलाई गाली गर्ने दिदी पूजा
 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १७:०२
सिफारिस
पोखरा एभेन्जर्सले जिमी निशमलाई पारिश्रमिक नदिएको विषय के हो?
पोखरा एभेन्जर्सले जिमी निशमलाई पारिश्रमिक नदिएको विषय के हो?
नेप्सेमा 'गोल्डेन क्रस–ओभर', चुनावको कस्तो पर्ला प्रभाव?
नेप्सेमा 'गोल्डेन क्रस–ओभर', चुनावको कस्तो पर्ला प्रभाव?
चुनाव उठेका कांग्रेसका पदाधिकारी कसैले पनि जितेनन्
चुनाव उठेका कांग्रेसका पदाधिकारी कसैले पनि जितेनन्
रास्वपाको पक्षमा अभूतपूर्व लहर – बहुमत ल्याउँछ? कि दुई–तिहाइ नै ल्याउँछ?
रास्वपाको पक्षमा अभूतपूर्व लहर – बहुमत ल्याउँछ? कि दुई–तिहाइ नै ल्याउँछ?
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
चितवन-३ मा मतगणना सुरू हुँदै
चितवन-३ मा मतगणना सुरू हुँदै
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

ब्लग

मैले देखेको लोभलाग्दो कस्टमर सर्भिस!
खासमा नारी दिवस कसका लागि?
कालीगण्डकीमा बग्नबाट बचेको दिन!
भोटको मौसम, भरोसाको खडेरी!
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना!
मेरो एक भोटको दम!
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल
garima bikash bank
garima bikash bank

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP