Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati ब्लग
Subscribe Setopati
सोमबार, फागुन २५, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

मेरी राधा!

Nmb
Nmb
शुभेच्छा भण्डारी

शुभेच्छा भण्डारी

असार २
gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

'साँच्चै जानी हौ र? अनि कहिल्यै आउँदिनौ?,' उनको मायालु मुखबाट निस्केका मायालु प्रश्न।

'तिमीलाई भेट्न भए पनि आउँछु नि बेस्ट फ्रेन्ड।'

ठुलो कक्षालाई पढाउने जिम्मेवारी साथै बोनसमा आएकी सानी साथी, राधा। उनको नाममै थियो जादु। भागवान् कृष्णलाई जालमा पारेजस्तै लट्ठ्याउन सक्ने कला।

'तिमी यत्रो दिन आइनौ, मलाई कस्तो माया लागेको तिम्रो,' बिदामा पोखरा गएर आएपछिको उनको प्रतिक्रियाले मलाई सधैँ भावविभोर गरिरह्यो।

गहुँगोरो अनुहार अनि दुई चुल्ठा तर हतारमा सम्म्याउन भुलेर तालुको गुरुत्वाकर्षणले तान्न अनि धान्न नसकेका, सुनौला ठ्याक्कै मकैको जुँगा जस्ता। मिलेका दाँत अनि नाकमा नथिया। जामा मुनिको मैलिएको सुरुवाल अनि एक दुई ठाउँमा पुनः सिलाई पर्खिएको झोला। माकुराले जालो बुनेजस्ता धुलौटे खुट्टामा कता माटो लाग्छ कि भनी लगाइएका घाइते स्पाइडर म्यान अङ्कित खुस्स छिराउने निला चप्पल। साधारण भाषामा बेलुन चप्पल।

धनसारदेखिको हाम्रो सम्बन्ध दोस्रो वर्ष विद्यालयको होस्टेल सर्दासम्म झनै गाढा हुँदै गयो। आजकल त नमस्कारबाट हटेर उनी मलाई हाई भन्न मन पराउँछिन् र साथीहरूलाई पनि हाई भन्न लगाउँछिन्। बिहानै हाई मिस, दिउँसै हाई मिस अनि घर फर्कने बेला हाई मिस। कहिलेकाहीँ त भेट भयो भने पिरियडै पिच्छे हाई मिस। सबैकी मिस तर उनकी भने अझ खास, साथी मिस।

मकैका जुँगाजस्ता सुनौलो कपालमा मैले किनिदिएको दुई मिटर राता रिबन झल्काएर, झ्याम्पुतली भएर आएकी उनी मक्ख थिइन्। टाउको हल्लाउँदै देखाउँदै थिइन् आफ्नो चम्किलो अनुहार र फक्रिएको लालीगुराँस जस्तै राता रिबन, मलाई अनि सबैलाई। फोटो खिच्दा गमक्क परेको त्यो अनुहार कति हर्षित थियो त्यो दिन उनलाई देख्नेले मात्र भेउ पाए। सबैलाई सुनाउँदै हिँड्दै थिइन्- मेरो साथी मिसले किनिदिएको रिबन।

Premier
Premier

धनसारको कोठामा छिर्दा उनलाई कहिल्यै मेरो अनुमतिको खाँचो परेन। मलाई उनको विश्वास थियो। उनलाई मेरो। ढोका छेउ बसेर उनका गफ सुन्दा सोच्थेँ, उनको उमेरमा म कत्तिको चलाख थिएँ होला? पक्कै उनीभन्दा कम। उनकी ममीले भाइ पाउने भनेर बहिनी पाएका कथा सुनाउँथिन् मलाई। म भने सोच्थेँ, यति चलाख छोरी हुँदाहुँदै छोराको किन त्यस्तो आस? के छोरा पाएर स्वर्गको ढोका खुल्ने नै हो त? के मेरा आमा बाका लागि पनि स्वर्गको ढोका खुल्ने छैनन् त म छोरी भएर? हो भने यो कुरा पत्ता लगाउने वैज्ञानिकको नाम कुन किताबमा छापिएको होला। नत्र कोही छोरा नभएको व्यक्ति मरेर स्वर्ग पुग्दा ढोका बन्द देखेर यो सन्देश सबैलाई पुर्‍याइदिएको होला।

भन्छन् नि, कि त मानिसले पढेर जान्छ कि त परेर। म छक्क पर्छु। विज्ञान र प्रविधिले ढकमक्क आजको यस पृथ्वीमा मान्छे न ढुङ्गा न माटोको बाटो हिँड्दै स्वर्ग पुगेको कल्पनाको कराइमा भुटिँदै स्वर्गको पुष्टि गर्ने सम्मेलनको सृजना गरी त्यसमा आफ्ना अविश्वसनीय तर्कको बर्सात गर्छ।

Ncell
Ncell

मेरी राधा कहिलेकाहीँ मलाई 'होमवर्क दिनुस् मिस' भन्छिन्। अस्ति भर्खर आफ्नी दिदी रबिनासँग मिलेर आलु ल्याइदिएकी। आलु झोलाको एउटा खल्तीको प्वालबाट छिरेर अर्को खल्तीमा पसेछ अनि उनी भने त्यही प्वालको सुरुङमा हात छिराउँदै लुकामारी खेल्दै गरेका आलुलाई ढ्याप्प गर्दै खोजेर बाहिर निकाल्दै थिइन्। एउटा आलु उछिट्टिएको थियो। पछि स्टाफ रुममा सबैका अगाडि त्यो आलु दिन आउँदा हाँसो फुटेर स्टाफ रुम गुञ्जायमान बनेको थियो।

राधाजस्तै प्रिय तरकारीमा आलु। बत्तिस गुणले भरिपूर्ण। मिलनसार, सहयोगी, मिठास भएको आदि। संसारमा आलु नभएको भए जिन्दगीमा पक्कै मिठासको अभाव हुने थियो। अनि कानमा भने गालीको। राधाले ल्याइदिएको आलुले एक हप्ता तिहुनको जोहो गर्ने तनावबाट मुक्ति दियो।

मलाई तनावबाट क्षणिक मुक्ति दिने मेरी राधा। जेठ महिनादेखि नै माघमा उनको घर जाने योजना र निम्तो। माघ नै किन? म सधैँ छक्क पर्थेँ र ओके भन्दै बुडिऔँला ठडाएर सहमति जनाउँथेँ। त्यसपछि उनी फरकलाई फरक्क फर्काएर फुरुक्क पर्दै घर फर्किन्थिन्। तर गेटमा पुग्ने बेला फेरि फर्किएर हात हल्लाएर मुस्काउन भने कहिल्यै भुल्ने थिइनन्।

सधैँ बिहान आफ्नी दिदी रबिनासँग हात समाउँदै आउने उनको कलिलो हातमा कहिलेकाहीँ उनले साथी मिसलाई भनेर बाटोबाटै टिप्दै ल्याइदिएको निउरो हुन्थ्यो। कहिले काली निउरो, कहिले चिप्ले। नजिक आएर भन्थिन्, 'तिमीलाई भनेर ल्याइदिएको। ओहो! झाडीमा कति धेरै थियो। भोलि नि ल्याइदिन्छु है। पकाएर खाऊ नि मिठो बनाएर।'

मैले केही बोल्न नपाउँदै भाग्थिन्, साथीलाई लखेट्न। चट्याङभन्दा तेज राधा।

एक दिन उनी दगुर्दै आइन्। मैले पनि उनको लागि मिठाई किनेर राखेकी थिएँ। उनी आउने बित्तिकै मैले मिठाई झिकेर दिँदा पछि खान्छु भनेर गोजीभित्र राखेर कता खस्छ कि भनेर पुनः निरीक्षण गरिन्। माघको महिना अनि घनपोखराको चिसो र त्यसलाई चुनौती दिँदै राधाको एक सरो कमिज। भाग्दै आएको कस्तो गर्मी भएर भन्दै दायाँ र बायाँ हल्लिँदै थिइन् उनी। मैले उनलाई 'अब जाडो भएको छैन क्या हो?' भन्ने प्रश्न सोध्न जाँदै थिएँ भन्ने थाहा पाए जसरी।

मैले प्रश्न फेरेँ र सोधेँ, 'किन त्यति सारो भागेकी त? लडिन्छ नि यस्तो हतारिएर भाग्दा।'

उनले हतार हतार भनिन्, 'ममीले भाइ पाउनु भयो। पर्सी नाम राख्ने दिन छ, आऊ है जसै।'

फेरि फुर्र भँगेरीझैँ उडेर गइन्। उनलाई कमै फुर्सद हुन्छ। कक्षामा गएर पढ्नै पर्‍यो। साथीको मन राख्दिन खेल्न गइदिनै पर्‍यो। अब त झन् भाइ पनि थपियो। थाङ्ग्रा सुकाउने, पानी भर्ने, सरसामान यता उता लगिदिने, ल्याइदिने। जिम्मेवारी बढ्दै थिए। आखिरमा बा-आमाको ठुलो आशापछि भाइकी दिदी भइन् मेरी शिशु कक्षा पढ्ने राधा। त्यसभन्दा पहिले सानी बहिनीकी दिदी।

साँच्चिकै त्यो हप्ता मेरी बेस्ट फ्रेन्ड झैँ म पनि व्यस्त भएछु, तालिमहरूमा। यति व्यस्त कि लुगा धुन त भ्याइनँ भ्याइनँ तर उनको भाइको न्वारनको कुरा पनि भुसुक्कै भुलेछु। अर्को दिन उनले किन आइनौ भन्दा म झसङ्ग भएँ। त्यो हप्ताका हरेक दिन फास्ट फरवार्डमा गएजस्तो। कुन बार अनि कति गते पनि सम्झन नभ्याए जस्तो। तर उनको मन दुखाउनु अर्थात् आफ्नै मन रुवाउनु। सोही दिन नै उनको घरमा भाइलाई हेर्न जाने बाचा गरेपछि मात्र उनी मुस्कुराइन्, उदाएको सूर्य जसरी चम्किलो। आफ्ना गालाका गड्ढा देखाएर हाँसिन् उनकी दुईमा पढ्ने दिदी रबिना पनि। अनि हाँसेँ उनकी साथी मिस म पनि।

४ बजे घण्टी बज्न नपाउँदै किट्टो खोलेर स्पोर्ट्स सुजका तना कसेर मैले बाटो तताएँ। मलाई कुर्दा कुर्दा खुट्टा र आँखा पाट्टिएर खेल्न गएका मेरा मित्रहरू पनि आए गरा गरा फडाल्दै घण्टी बजेको सुनेर। कति खुसी थिए दुवै। तीनलाई खुसी देखेर कति खुसी भएँ म। च्याप्प हात समातेर राधाले मलाई छिटो जाम भन्दै तान्दै लगिन्।

'बाबै, हाम्रा बाउ त कति खुसी छन्।'

'किन नि?'

'ममीले भाइ पाइदिएर नि। कति राम्रो छ नि। तिमी जस्तै गोरो छ।'

मक्ख थिइन् राधा भाइको गुणगान गाउन। रबिना भने बहिनीका गफमा अँ मा अँ मिलाउन।

मभन्दा हतारिएका साना पाइला खोल्साको उकालोले फुलेको श्वास र बढ्दो मुटुको धड्कनको रफ्तारमा अघि सर्दै थिए। 'लेऊ तिम्रो छाता म लिइदिन्छु' भन्दै मेरो हात च्याप्प समातेर मलाई उनकै रफ्तारमा हिँड्न विवश गर्दै थिए। दुई खोल्सा कटेर पाँच मिनेटपश्चात् देखा पर्‍यो १० महिना मलाई झरीबाट ओत दिएको धनसार अनि आशाको पोकोमा गुटमुट्याएर लोभ्याएको बरन्डा अघिको भोगटेको रुख। पहिलेजस्तै अटल। पहिले जस्तै सुन्दर। केवल कमी त पहेँला दानाको। तर पनि ताजा सुगन्ध ती डरमा अमिलिएका सम्झना अनि न्यानो आमा र बाको मायाको।

एकछिन घोरिएर नियालेपछि मिठो मुस्कान पस्किएर मलाई स्वागत गर्नु भयो मेरी आमाले। मलाई सेल पकाएर खुवाउने, मलाई गुरुङ भाषा सिकाउने आमा। तर हतार भएको र छिटै आउने वाचा गर्दै गरामाथि उक्लियौँ हामी। त्यही गरा जहाँ केही महिनाअघि असमानताको अचानोले मेरो मुटु थिचेको थियो। जहाँ विभेदको दृश्यले पराकाष्ठा नाघेको थियो। र, त्यही सामाजिक अपहेलनबाट अनविज्ञ मेरी राधा प्रफुल्ल भएर सानो टेन्टमुनि भतेर खाँदै थिइन्। हरेक पाक्यमा अमानवताको अदृश्य मसला मुसिएको भतेर।

कति निर्दोष छिन् मेरी राधा। असमानताका खुड्किला चढ्दा चढ्दै कुन खुड्किलोले भरोसा तोडेर उनलाई भुइँमा पछार्ने हो थाहा छैन। त्यो दिन कहिले आउने हो थाहा छैन तर त्यो दिन जहिले आउनेछ त्यस दिन उनी झस्केर बिउँझिने छिन् त्यो भ्रमबाट जहाँ उनलाई लाग्छ राधा गुरुङले पाएको माया र इज्जत उनी राधा विकले पाएको माया र इज्जतसँग बराबर छ।

जुन दिन उनी बिउँझिने छिन्, पक्कै पनि बिउँझिनेछ त्यो आगो जुन जलाउन तम्सिनेछ ती विभेदलाई। खोज्नेछ, खोस्नेछ र पाइछोड्नेछ राधा गुरुङ सरहको अधिकार त्यो घनपोखरामा। जुन दिन उनी उत्रिने छिन् आफ्नो अस्तित्वको खोजीमा र उठाउने छिन् धारिला प्रश्न जसले रेट्नेछ पितृ सत्ताको अहङ्कारलाई र विभेदको स्तम्भलाई।

राधा बाटो बुझाउँदै थिइन् उनको घर जाने- 'पहिला यता अनि त्यता। अनि थोरै हिँडेपछि फेरि माथि अनि चौतारी माथि त आइहाल्यो हाम्रो घर।'

हुन पनि आमाको घरबाट बायाँ गरै गरा हिँडेपछि दायाँ र सिँढीको उकालो बाटो, फेरि बायाँ अनि एकछिनको उकालोपछि आयो चौतारो। धनसार बस्दा डाकिरहने चौतारो। मोबाइलको टावरलाई पनि बिउँझाइदिने चौतारो। भरियाको भारी बिसाउने चौतारो। पर्यटकको सेल्फीको पृष्ठभूमिमा सजिइदिने चौतारो। मुख्यतः मेरी राधाको सुख अनि दुःख, हाँसो अनि आँसु, निर्दोष भाव अनि निश्चलताको साक्षी त्यो चौतारो। त्यही चौतारोको अगाडि ठिङ्ग उभिएर टोलाउँदै के थिएँ राधाको तिखो स्वरले मलाई झसङ्ग पारिदियो।

'ए आमा, हाम्रो मिस हो। शुभेच्छा मिस के। नमस्ते गर छिटो।'

अलि पर लुङ्गीमा सजिएकी र मजेत्रो ओढेकी एक महिलालाई निर्देशन दिँदै थिइन राधा। ती महिला पनि ठुलो मुस्कान छोड्दै दुई हात जोड्दै थिइन्। उनको प्रतिक्रिया स्वरूप मैले पनि मुस्कुराउँदै हात जोडेँ।

'ऊ त्यही त हो मेरो घर' राधा प्रसन्न थिइन्।

मेरो आँखा अगाडि थियो दुई तले घर, चिटिक्कको। जस्ताले छाएको र सिमेन्टले पोतेको। छेउको भित्तो भने आधा सेतो कमेरो आधा भने रातो माटोले लिपेको। आँगन पनि सफा र सुन्दर। ढुङ्गाले छापेको, चार पाटे ढुङ्गा। माथिल्लो तलामा ठाडो पारेर पङ्क्तिगत रूपमा काठले बनाएको सेतो बरन्डा र पालीमा भने रङ्गी विरङ्गी लुङ्दार। घरको दायाँपट्टि निलो टिनको ढोका भएको टिनले नै बेरेको साँघुरो कोठो। पक्कै पनि चर्पी हुँदो हो। हात तान्दै लागिन् उनले मलाई, चौतारीको बायाँ पट्टिको साँघुरो बाटो हिँडाउँदै।

छिटो छिटो तान्दै अघि देखेको घरको अलि उतै कटेर एउटा काठले बारेको सानो कोठालाई देखाउँदै भनिन्, 'आई त हाल्यो यी मेरो घर।'

म निःशब्द भएँ। उनले मेरो अनुहारतिर हेरिन्। त्यही उज्यालो मुस्कानका साथ। मैले पनि मुस्कुराउँदै भने, 'आहा! कति राम्रो घर।'

मलाई साग ल्याइदिने सानो तारै तारले बेरेको करेसाबारी। साढे ६ फूटको मान्छे लम्पसार पर्दा ट्याक्क टाउको र खुट्टाले बार छोइने। सोचेँ कति आफ्नो परिवारलाई राखेर सागको ठुलो मुठो ठुलो मुस्कानका साथ राधाले मलाई ल्याइदिँदी हुन्। साँघुरो करेसाबारीमा फराकिलो मनले रोपिएको रायो।

खुला ढोकाबाट दुई वटा खाटमा अलपत्र कपडा देखिन सकिन्थ्यो। खुला ढोकाको दायाँपट्टि सानो कटेरामा राधाकी ममी नाबालक छोरो लिएर मुस्कुराउँदै थिइन्। ओदानमा सुत्केरी भात पकाउँदै थिइन् एक महिला जसलाई म पहिलो पटक देख्दै थिएँ। पक्कै पनि राधाकी हजुरआमा। आमा पट्टिकी कि बाबा पट्टिकी मैले सोध्न जरुरी सम्झिनँ। जरुरी सम्झेँ त दुवै हात जोडेर अभिवादन गर्न।

मामाघरको आमाले सिकाएको संस्कारको पालना गर्दै जाने बित्तिकै पहिला पानी छोएर मात्र सानो मान्छेलाई काखमा लिएँ। गोरो, बाटुलो अनुहार र सानो चुटुक्कको रातो रातो नाक। सानोमा सबै बच्चा किन राता हुन्छन् म बुझ्न सक्दिनँ। ती साना-साना हात कहिले कलम समाएर कति शिक्षाको भोकमा सलबलाउने हुन् खै! मुख हेरे बापत दक्षिणा राखेर बाबुलाई उसकै ममीको काखमा दिन नपाउँदै ओठ छेउका खाल्डा देखाउँदै आइन् राधाकी कान्छी बहिनी। भाइ माथिकी बहिनी। भाइको आशामा डेढ वर्ष अघि जन्मिएकी बहिनी। मेरी सानी राधामाथि ठुलो जिम्मेवारी थपिदिएकी बहिनी।

धागोले बानेर दुईतिर छुट्टाइएको कपाल। माथि कालो टी-शर्ट अनि तल लाजसँगको बेपरवाह स्वतन्त्रता। उसलाई लाज भनेको के हो थाहा छैन। हुन त पूर्ण रूपमा त मलाई पनि थाहा नहोला। समाजले जे बुझायो मैले त्यत्ति बुझेँ। समाजले जति सिकायो त्यत्ति सिकेँ। नेपाली समाजले दिएको परिभाषा नै लाज हो कि विकसित मुलुकले छुट्टै अनुसन्धान गरेका छन् यस बारे। यो बारे विद्यालयमा पनि मैले कहिल्यै केही भेटिनँ। यस बारे मैले खोज नै कम गरेँ कि पनि थाहा भएन।

मिसलाई भनेर पिँधमा खरानी दलिएको कसौँडी झिकेर बसालिएको कालो कित्लीमा पकाइएको चिया खान राधाकी बहिनी पनि आइन्। आमाको दूधमा भाइले हक जमाएपछि चियाको लत लागेछ कि? एउटा हातमा दुई चम्चा चिनीसँग आधा चम्चा नुन साथी बनेको चिया लिएर कता लड्छु झैँ गर्दै मेरो खुट्टा कुल्चिँदै मुख छेउका खाल्डा देखाउँदै आइन् उनी।

छोराको आस गरेको तिम्रो परिवार तिमीलाई अगाडि पाउँदा कति हर्षित थियो होला? तिम्रा ओठ छेउका खाल्डाले उनीहरूको खिन्नतालाई डुबाएर पुर्न सके कि सकेनन् होला? सके त कति समय लाग्यो होला? भाइ नै कुर्न त परेन नि? केही वर्षपछि उनलाई झस्काउने प्रश्नले मेरो मस्तिष्कलाई त्यसै दिन झस्काए।

'यता आऊ कान्छु। आची पानी नचलाऊ,' पखाल्न राखेको भातको भाँडाको पखालिएको पानी हातले छ्याप छ्याप गर्दै मुखमा हाल्दा मैले भनेँ। तर उसलाई त्यहीमा रमाइलो थियो। राधा भने कपडा फेरेर माथि सूर्यमुखी रङको टिसर्ट अनि तल खैरो सुरुवाल लगाएर तल्लो दुई तले घरमा साथी भेटेर फर्किइन्। फर्कने बित्तिकै कोठाभित्र छिरेर हातभरि सेतो केही खाँदै निस्किन्।

'यसपालि बढी गुलियो भएछ जाँड, सधैँ चोरेर खान्छे' भन्दै उनकी ममीले भनेको सुनेर म तीन छक परेँ। अनि यस्तो कुराबाट बच्चालाई टाढा राख्न अनि सतर्कता अपनाउन पर्छ भनी राधा अनि उनकी ममीलाई सम्झाएँ।

मिस पहिलो पटक घर आउनु भएको अब खाजा के खुवाउने भन्ने सोचले चिन्तित अनुहारलाई ढुक्क हुन भनेँ मैले, खाजा खाएरै आएको र अर्को पटक खाना खान नै आउने दिलासा दिलाउँदै छिट्टै फर्किन पर्ने जनकारी पनि दिएँ।

राधा मलाई त्यहीँ बसाउन चाहन्थिन्। सुत्न भने ती दुई मध्ये एउटा खाट मेरा लागि। बाँकी ६ जनालाई एउटा खाटमा अटाउने खै कस्तो गणित उनको। म मक्ख थिएँ मेरा लागि उनको माया देखेर। तर म फर्किन थियो। तल आमालाई फर्किँदा पस्छु भनेकी थिएँ र विद्यालयमा छिट्टै आउनु है भन्दा जसै आउँछु मेरो उत्तर थियो। म सुत्केरी महिलाको ठाउँ ओगटेर उनलाई अप्ठ्यारोमा धकेल्न पनि चाहन्थिनँ।

राधा र रबिना दुवै छोड्न हिँडे मलाई चौतारीसम्म। पछि पछि बुरुक्क बुरुक्क उफ्रँदै आयो चन्चले बाख्राको पाठो पनि। छोटिँदै गएको समयसँगै छोटिँदै थियो मेरो राधासँगको साथ। त्यही छोटिँदै गएको समयलाई छोटो समयमा कैद गर्न मैले आई प्याड खोलेँ। हामीले पोज दियौँ। नखरा गर्‍यौँ। त्यो क्षणलाई कैद गर्‍यौँ। खुसीलाई कैद गर्‍यौँ। त्यो क्षणको साक्षी बन्यो त्यो चौतारो। राधाको भोगाइको चौतारो। भोलिपल्ट विद्यालयमा भेट्ने निश्चय गरी म ओरालो लागेँ। राधा र रबिना मलाई बाई गरी बिदाइ गर्दै थिए। म ओझेल नपरुन्जेल हात हल्लाएर बिदाइ।

राधा बिनाको यात्रा कति एक्लो र बिरानो। आउँदा उनका गफमा गुन्जिएको बाटो फर्किँदा अचाक्ली बिरानो लाग्यो।ओ रालो बाटो फर्किँदा त खुट्टा रोक्न खोज्दा फडाल्नु पर्ने तर एक पाइला सार्न पनि मुस्किल पर्‍यो। १५ मिनेटमा जसोतसो आमाको घर अगाडिका गरा आइपुगे र फेसबुकले पुराना याद बुस्ट गरेझैँ याद दिलाइदिए समाजका तिता कुरीतिलाई।

मनसँग तार जोडिए सरहकी राधालाई मैले मन मनै प्रश्न गरेँ, 'ठुलो टेन्टमा समान अधिकारका साथ मासुको चौटा मुखमा राखेर हाँस्दै गरेको देख्न पाउनेछु नि राधा म केही वर्षपछि आउँदा? उठाउने छ्यौ नि आवाज? बदल्ने छ्यौ नि समाज, भर्‍याङका खुड्किला उक्लेझैँ एक पछि अर्को कुरीतिलाई अर्जुन दृष्टि लगाउँदै?'

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १७:५४
सिफारिस
पोखरा एभेन्जर्सले जिमी निशमलाई पारिश्रमिक नदिएको विषय के हो?
पोखरा एभेन्जर्सले जिमी निशमलाई पारिश्रमिक नदिएको विषय के हो?
नेप्सेमा 'गोल्डेन क्रस–ओभर', चुनावको कस्तो पर्ला प्रभाव?
नेप्सेमा 'गोल्डेन क्रस–ओभर', चुनावको कस्तो पर्ला प्रभाव?
चुनाव उठेका कांग्रेसका पदाधिकारी कसैले पनि जितेनन्
चुनाव उठेका कांग्रेसका पदाधिकारी कसैले पनि जितेनन्
रास्वपाको पक्षमा अभूतपूर्व लहर – बहुमत ल्याउँछ? कि दुई–तिहाइ नै ल्याउँछ?
रास्वपाको पक्षमा अभूतपूर्व लहर – बहुमत ल्याउँछ? कि दुई–तिहाइ नै ल्याउँछ?
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
चितवन-३ मा मतगणना सुरू हुँदै
चितवन-३ मा मतगणना सुरू हुँदै
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

ब्लग

मैले देखेको लोभलाग्दो कस्टमर सर्भिस!
खासमा नारी दिवस कसका लागि?
कालीगण्डकीमा बग्नबाट बचेको दिन!
भोटको मौसम, भरोसाको खडेरी!
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना!
मेरो एक भोटको दम!
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल
garima bikash bank
garima bikash bank

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP