Ncell
Setopati
x
Deepal
Setopati
x
Deepal
Uniliver1
Samsung banner
Samsung banner
Setopati ब्लग
Subscribe Setopati
आइतबार, फागुन २४, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

पास कि फेल?

Nmb
Nmb

एलिशा थाम्देन लिम्बू

चैत १५
gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

म तीन वर्षको हुँदा मेरी आमाले मलाई स्कुल भर्ना गराउनु भएको थियो। गाउँमा जन्म भएको हुनाले मेरो राम्रो शिक्षाको लागि बुवा खाडी जानु भयो अनि आमा र म गाउँबाट बजार बसाइँ सर्यौं।

स्कुलमा भर्ना त भएँ तर नर्सरी कक्षा पास गर्नै मलाई तीन वर्ष लाग्यो।

म पाँच वर्ष पुग्दा बल्ल तल्ल नर्सरी पास गरेँ। जाबो क ख……ज्ञ , A B C……., 1 2 3…. लेख्न नजान्नुको पीडा त्यो बेलाको मलाई त के थाहा हुन्थ्यो र!

तीन वर्षकै कलिलो उमेरमा म त फेल भएँ। यद्यपि मलाई त्यो बखत फेलको स्वाद भने पत्तै भएन।

समय सँगसँगै बुद्धि छिपिँदै गयो। जब मैले आफूभन्दा एक दुई वर्ष कान्छा कान्छीहरूसँग पढ्दै छु भन्ने कुरा महसुस गरेँ तब मात्र मैले मनन गरे कि म त नर्सरीमा दुई पटक फेल भएको थिएँ। त्यो पल मात्र मेरो चित्तको जिब्रोमा  'फेल' को नमिठो स्वाद पर्‍यो।

त्यसपछि मैले अब जिन्दगीमा कहिले फेल नहुने दृढता लिएँ। तन, मन लगाएर दिन रात एक बनाएर मैले पढाइँ गर्न थालेँ।

मेहनतको फल मीठो हुँदो रहेछ साँच्चिकै कक्षा तीनको तेस्रो त्रैमासिक परीक्षामा म चौथो स्थानदेखि प्रथम स्थानमा सफलतापूर्ण फाल हानेँ। स्कुलभरी यो चर्चाको विषय बन्यो अनि मेरो घर परिवारमा हर्षोल्लासको विषय बन्यो।

Premier
Premier

विद्यालयको नाम छापिएको कापी अनि त्यो कापीभित्र रातो मसीले ठूला अक्षरमा 'Class First of 3rd terminal examination ' भनी मेरो नाम कोरिएको थियो।

आहा! सपनाभन्दा कम थिएन त्यो क्षण मेरो लागि जब उप-प्राध्यापक सरले जोडले मलाई कापी र रु २०० रुपैया पुरस्कार लिन पुकार्नुभयो। बल्ल म पास भएको जस्तै महसुस भयो।

Ncell
Ncell

अहिले सोच्छु मलाई पास भएको महसुस हुँदा त्यस्तो उमंग छाएको थियो भने फेल भएको महसुस हुँदा कति सम्म उदासिनता छाउथ्यो होला। धन्न सानै उमेरमा फेल भएछु है!

आफ्नो मेहनत र लगनले अनि स्कुल र कलेजको छात्रवृत्तिको सहायताले एसएलसीसम्मको सुमधुर यात्रा सम्पन्न गरेँ।

प्लस टु पछिको पढाइ भने मलाई नेपालमा गर्न मन छैन। मलाई मात्र होइन अहिलेका अधिकांश विद्यार्थीहरूलाई १२ पछि जसरी हुन्छ जुन देश हुन्छ बाहिर जानु नै छ।

गत वर्ष लगभग हजारौंको संख्यामा नेपाली विद्यार्थीहरू शिक्षाको लागि पलायन भए। भए अस्ट्रेलिया, अमेरिका नभए क्यानडा, युके, युरोप, कोरिया, जापान आदि इत्यादि। सबैको मनसाय, 'तर जान चाहिँ जाने जुनै देश भए नि नेपाल चाहिँ नबस्ने।'

नेपाली विद्यार्थीहरू कलिलै उमेरमा नेपाल छाड्नुमा धेरै कारण लुकेका छन्।

प्रथम नम्बरमा आउँछ, 'तानाशाही परीक्षा'। 

परीक्षा त्यस्तो खराब कुरा नि होइन तर परीक्षा पछिको पास कि फेल भन्ने कुरा जति खराब त सायदै कसैको लागि कसैको दुस्मन होला! 

परीक्षा कक्षभित्र प्रश्न पत्र हातमा पर्नुअघि नै विद्यार्थीको हात र मुटु थरथर कामिरहेको हुन्छ किनकि उसलाई थाहा छ कि यो दुई  घण्टा पैंतालिस मिनेटमा उनले लेखेको उत्तर पुस्तिकाले उनी यो वर्ष पास कि फेल भनी निर्धारण गर्दछ।

अचम्मको कुरा होइन, एक वर्षभरी पढेका कुराहरू कहीँ त्यो ६-७ पन्नामा लेखेर सकिन्छ र? त्यही पत्रलाई पास/फेल बनाउने अधिकार दिनु? 

त्यसैले यदि गृहकार्य गरेर नियमित कक्षामा उपस्थित भएर आरामले पास हुन सकिने विकल्प भई भई दाँतबाट पसिना झार्दै फेल हुने बाटो किन रोज्नु?

दोस्रो महत्त्वपूर्ण कारण, 'आत्मनिर्भरता'।

हिजोआजका केटाकेटीहरू किशोर उमेरमै आत्मनिर्भर हुन रूचाउँछन्। आफ्नो पढाइको खर्च आफै कमाउने, गुणस्तरीय शिक्षा हासिल गर्ने अनि सके घर परिवारलाई खर्च पठाइदिने ठूलो सपना हुन्छ जुन नेपालमा जो कोहीले गर्न सक्दैन।

एक २०-२१ वर्षको विद्यार्थीलाई दिनको चार घण्टा पढेर छ घण्टा काम गर्दा पनि कोठा भाडा र कलेज शुल्क तिर्न धौधौ पर्छ। हृस्टपुस्ट छोराछोरीले चाउरी पर्दै गरेका बाआमालाई पैसा माग्नु जति ठूलो नालायकपन अरू के नै हुन सक्ला र? त्यसैले धेरैजसो युवाहरू ऋण गरेरै भए नि सुनौलो अवसरको खोजीमा विदेश पढ्न जान्छन्।

प्रतिभा पलायनका कारकहरू अन्य धेरै छन्। कति रहरले देश छोड्छन्, कति करले, कति डरले।

धेरैजसो विद्यार्थीहरू वाक्क भइसके नेपाल सरकारको अस्थिरता देखेर। नेपालको न्यायालय संसदहरूकै मुद्दा सुल्झाउनुमा एकदम व्यस्त छ र यो सब देखिदेखि कसको भरमा विद्यार्थी नेपालमा पढ्ने?

नेपालमा चार वर्षे ब्याचलर पाँच वर्षमा सकिने तितो सत्यदेखि सबै विद्यार्थीहरू अगावै सचेत त छँदै छन्। साथसाथै नेपालमा शिक्षामा होइन, पढाइमा ठूलो प्रतिस्पर्धा छ भनेर नि अवगत छन्। यहाँ पढाइ र शिक्षाबीचको भिन्नता न कसैले बुझेकै छ, न कसैले बुझाउन सकेकै छ। यथार्थमा भन्नैपर्ने हो भने यदि कसैलाई बुझाउन आवश्यक छ भने त्यो चाहिँ हाम्रै घरका ठूलाबढाहरूलाई हो है।

अहिलेको यो जमानामा बुझ्नुपर्ने कुरा के हो भने यो २१ औं शताब्दीमा सफल हुनु डिग्रीको होइन आफ्नो क्षमतालाई चिन्नु खाँचो छ। एक हस्तकला भएको व्यक्तिलाई माइक्रोफोन दिएर गीत गाउन लगाउँदा के उसले गीत गाउन सक्ला र? बाँझो खेतमा दाँदे कुदाएर नि कहीँ खेत जोतिन्छ र?

हाम्रो देश, नेपालमा घण्टौं उकालो ओरालो हिँडेर स्कुल पुग्नेलाई होस् या सररर बसमा स्कुल जानेलाई होस् जो कोहीलाई नि यहाँ पास कि फेल हुने हो भनेर डर भैरहेको हुन्छ।

एसइईको २०८० सालको परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए। १८६ जनाको ४.० जिपीए आएको थियो। ५२.१४ प्रतिशत विद्यार्थी नन ग्रेडिङमा परेका थिए।

यसको जिम्मवारी कसले लिने? के यी सब विद्यार्थी फेल हुनै वर्षभरि विद्यालय धाएका हुन् त? हप्ताको छ दिन आफ्नो पिठ्युँमा ६-७ केजीको किताबको झोला बोकेर स्कुल धाएको नतिजा फेल नै हुन्छ र? के साँच्चिकै यी सब विद्यार्थीहरू फेल नै हुन त?

यदि हुन् भने हजारौं विद्यार्थीहरूलाई फेल गराउने शिक्षा प्रणाली चाहिँ पास कि फेल नि? दिनहुँ सयौंको संख्यामा नेपालीहरू विदेश उड्दै गरेको टुहुटुहु हेरिरहेको नेपाल सरकार चाहिँ पास कि फेल नि? सरकारी जागिर खाएर स्वदेश मै केही गर्छु भनी बसेको युवालाई एकाएक विदेश जान बाध्य बनाउने सरकारी कुर्सी चाहिँ पास कि फेल नि? परीक्षाको नतिजा छिटो प्रकाशन गर्दिनु भनी वर्षौदेखि बिन्ती बिसाउँदै आउँदा पनि कुकुरको पुच्छर जति वर्ष ढुंग्रोमा राखे नि बाङ्गेको बाङ्गै भने जस्तै अझै नि कछुवाकै गति पकडी राख्ने नेपालका प्रतिष्ठित विश्वविद्यालयहरू चाहिँ पास कि फेल नि?

रात बिहान गृहकार्य गरे दिनमा गुरूलाई आफ्नो काम देखाउने विद्यार्थीहरू चाहिँ फेल हुने? चुनाव सकेको दुई वर्ष हुन लाग्दा नि आँखा झिमिक, कुर्सी गायबको खेल मात्र खेली बस्ने आदरणीय प्रधानमन्त्रीज्यूहरू चाहिँ पास कि फेल नि?

अर्को एक महत्त्वपूर्ण विषय के छ भने अहिले यस्ता धेरै विद्यार्थीहरू छन्, विशेष गरी विज्ञान संकायका जो पहिलो र दोस्रो प्रयासमा नि पास हुन सकिरहेका छैनन् र अलपत्र परेका छन् अनि यसको जिम्मा कसले लिने हो? के नेपाल सरकारलाई यो कुराको हेक्का त छ?

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १६:१३
सिफारिस
रास्वपाको पक्षमा अभूतपूर्व लहर – बहुमत ल्याउँछ? कि दुई–तिहाइ नै ल्याउँछ?
रास्वपाको पक्षमा अभूतपूर्व लहर – बहुमत ल्याउँछ? कि दुई–तिहाइ नै ल्याउँछ?
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
चितवन-३ मा मतगणना सुरू हुँदै
चितवन-३ मा मतगणना सुरू हुँदै
कुलमान घिसिङलाई काठमाडौं-३ मा सुरूआती अग्रता, दोस्रो स्थानमा राजु पाण्डे
कुलमान घिसिङलाई काठमाडौं-३ मा सुरूआती अग्रता, दोस्रो स्थानमा राजु पाण्डे
सुरू भयो काठमाडौं-७ को मतगणना
सुरू भयो काठमाडौं-७ को मतगणना
भक्तपुर-२ मा सर्वदलीय बैठक सकियो, आजै राति मतगणना
भक्तपुर-२ मा सर्वदलीय बैठक सकियो, आजै राति मतगणना
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

ब्लग

कालीगण्डकीमा बग्नबाट बचेको दिन!
भोटको मौसम, भरोसाको खडेरी!
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना!
मेरो एक भोटको दम!
सायद म काठमाडौंको होइन!
डबल डिग्री!
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल
garima bikash bank
garima bikash bank

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP