विरगंज महानगरपालिकामा सत्ता गठबन्धनले सुरूआती अग्रता लिएको छ। गठबन्धनको तर्फबाट मेयर उम्मेदवार बनेका जसपा नेता राजेशमान सिंहले ७९ मत ल्याएका छन्।
अहिलेसम्म १ सय ७५ मत मात्रै गणना भएको निर्वाचन कार्यालयले जनाएको छ।
यस्तै एमाले-लोसपा गठबन्धनबाट एमाले उम्मेदवार विजय सरावगीलेले ५३ मत ल्याएर सिंहलाई पछ्याइरहेका छन्।
राप्रपाका गिरिश गिरीले २ मत पाएका छन्।
उपमेयरमा पनि सत्ता गठबन्धनकै अग्रता छ। गठबन्धनबाट उपमेयरको उम्मेदवार बनेका नेपाली कांग्रेस नेता इम्तियाज आलमले ३९ मत ल्याएका छन्। लोसपाका उपमेयर उम्मेदवार पुरूषोतम मिश्रले १२ मत पाएका छन्।
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९, २०:००:००