काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले पछिल्लो मतपरिणामअनुसार ११ हजार ७ सय ७७ मत ल्याएका छन्।
दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ६३२३ मत प्राप्त गरेका छन्।
तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ५५४८ मत पाएकी छन्।
अहिले वडा नम्बर ३, ४, ५, ६, ३०, ३१ र ३२ को मतगणना भइरहेको छ।
यी सबै वडामा बालेनले सबैभन्दा धेरै मत पाइरहेका छन्।
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९, ०७:२९:००