अमेरिकाको राज्यस्तरीय विधायक (स्टेट लेजिस्लेचर) निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फबाट चुनावी मैदानमा उत्रिएका नेपाली मूलका डा.ह्यारी भण्डारीले तेस्रो पटक जित हासिल गरेका छन्।
मेरिल्यान्ड राज्यको डिस्ट्रिक्ट ८ बाट उनले ऐतिहासिक जित हासिल गरेका हुन्।
डा. भण्डारीले तेस्रो पटक मेरिल्यान्ड हाउस अफ डेलिगेट्स (राज्यसभा सदस्य) मा जित हासिल गरेका हुन्।
२०१८ मा उनी मेरिल्यान्डको 'हाउस अफ डेलिगेट्स' मा निर्वाचित भएका थिए।
उनका अनुसार अमेरिकाभरि कानुन निर्माता अर्थात् सांसदका रूपमा निर्वाचित हुने उनी पहिलो नेपाली मूलका हुन्।
त्यतिबेला १२ वर्षदेखि रिपब्लिकन पार्टीले जित्दै आएको सिट डेमोक्रेटिक पार्टीका तर्फबाट उनले जितेका थिए।
यसअघि पनि सर्वाधिक मत ल्याएर चुनाव जितेका थिए।
जितपछि उनले सम्पूर्ण मेरिल्याण्ड राज्यका बासिन्दाको विश्वासका कारण आफूले जित हासिल गर्न सफल भएको बताए।
विश्वास, साथ तथा सहयोगका लागि सबैप्रति आभार व्यक्त गरे।