अमेरिकाको न्यु ह्याम्पसायर राज्यको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली मूलका विश्वबहादुर शाह विजयी भएका छन्।
हिल्सबरो काउन्टीको डिस्ट्रिक्ट ४१ बाट डेमोक्रेटिक पार्टीका उम्मेदवार बनेका शाहले कुल मतको २०.३६ प्रतिशत प्राप्त गरेका छन्। उनी यस निर्वाचन क्षेत्रमा निर्वाचित हुने तीन जना मध्ये एक हुन्।
यस निर्वाचन क्षेत्रमा डेमोक्रेटिक पार्टीका लिली फस २२.४६ प्रतिशत मतसहित पहिलो र टम स्टेवार्ट २२.१९ प्रतिशत मतसहित दोस्रो स्थानमा रहे। शाह तेस्रो स्थानमा रहेर निर्वाचित भएका हुन्।
निर्वाचित भएसँगै राज्यस्तरका नीति, बजेट र विकासका विषयमा काम गर्ने उनले बताएका छन्।
अमेरिकामा विभिन्न देशबाट आएका समुदायलाई राजनीतिक दलहरूले मतदाताका रूपमा मात्र हेर्ने गरेको भन्दै शाहले ती समुदायको आवाज पनि राज्यको संसदमा पुर्याउने उद्देश्यले आफू चुनावी मैदानमा ओर्लिएको बताएका थिए।
यो पनि पढ्नुहोस्-