नेपाल–जापान सम्बन्धको ७० वर्ष पूरा भएको अवसरमा खाना तथा सांस्कृतिक महोत्सव हुने भएको छ।
आगामी कात्तिक १४ गते काठमाडौंमा आयोजना हुने महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमसँगै खानाका स्टलहरू रहनेछन्।
एमजे इन्टरटेनमेन्टले आयोजना गरेको पत्रकार सम्मेलनमा महोत्सवका लागि जापानबाट कलाकार तथा सुमो खेलाडीहरू आउने जानकारी गराइएको थियो।
नेपालका चर्चित कलाकारहरूले प्रस्तुति दिने तथा विभिन्न झाँकीहरू समेत प्रस्तुत गरिने एमजे इन्टरटेनमेन्टका अध्यक्ष जीत लामाले बताए।
कार्यक्रमबाट उठेको रकमको ५० प्रतिशत परोपकारी कार्य (च्यारिटी) मा खर्च गरिने उनले जानकारी दिए।
‘यस कार्यक्रमले नेपाल र जापानबीचको सम्बन्धलाई अझै बलियो बनाउन सहयोग गर्ने हाम्रो अपेक्षा छ। ३ लाखभन्दा बढी नेपाली जापानमा रहेकाले पनि यसको महत्व झल्किन्छ,’ उनले भने।