गैरआवासीय नेपाली संघ(एनआरएनए) ले दोस्रो पुस्ता सम्मेलन गर्ने भएको छ।
विदेशमा जन्मेहुर्केका दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूलाई नेपालसँग जोड्ने उदेश्यले दोस्रो पुस्ता सम्मेलन आयोजना गर्न लागिएको एनआरएनएले जनाएको छ।
दोस्रो पुस्ताको ज्ञान तथा सीपलाई नेपालको विकासमा सदुपयोग गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको हो।
सम्मेलन सन् २०२७ जनवरी २–३ मा पहिलो पटक एनआरएन विश्व दोस्रो पुस्ता सम्मेलन आयोजना हुने भएको हो।