सिटिजन्स बैंक र नगरकोटस्थित होटल हिमालयन भिल्लाबीच समझदारी भएको छ। सिटिजन्स बैंकका कार्ड बाहकहरूलाई विशेष छुट दिने समझदारी भएको हो।
योे समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले होटल हिमालयन भिल्लाका विभिन्न सेवा सुविधाहरुमा ५० प्रतिशतसम्म छुट पाउनेछन्।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ।
बैंकले हालसम्म कार्ड नभएका ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्थासमेत गरेको छ। त्यसैगरी आफ्ना कार्डबाहको सुविधालाई ध्यानमा राखी नेपाल भित्रका जुनसुकै बंैकको एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था पनि बैंकले गरेको छ।
यो बैंकले १७६ वटा शाखा, १२८ वटा एटिएम र ९६वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिव १४ लाखलाई सेवा प्रदान गर्दै आएको छ।