सिद्धार्थ बैंकले स्थापनाकालको २३औं वर्ष पुरा गरेको छ।
बैंक सञ्चालनको २३ वर्ष पुरा भएको अवसरमा बैंकले नक्सालस्थित प्रधान कार्यालय भवनमा का.मु.प्रमुख कार्यकारी अधिकृत लगायत बैंकमा कार्यरत कर्मचारीहरूको उपस्थितिमा एक कार्यक्रम गरी वार्षिकोत्सव सम्पन्न गरेको छ।
यसैगरी बैंकले आफ्नो वार्षिकोत्सवलाई भव्य र सभ्य बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ।
यस अवसरमा, फुटसल प्रतियोगिता, टेबल टेनिस, देशका विभिन्न स्थानहरूमा रक्तदान कार्यक्रमका साथै बैंकमा कार्यरत रही १५ वर्ष सेवा अवधि पुरा गरेका कर्मचारीहरूको योगदानलाई कदर गर्दै उनीहरूलाई सम्मान पनि गरेको छ।
यहि अवसरमा बैंकले देशका विभिन्न स्थानहरू; विराटनगर, दमक, वीरगञ्ज, सिमरा, जनकपुर, हात्तीसार, नारायणगढ, पोखरा, भैरहवा, सुर्खेत र धनगढी गरी ११ स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरूका साथै, ग्राहकहरू एवं स्थानीयवासीहरू (४३४ पुरुष र ५४ महिला) गरी जम्मा ४८८ जना रक्तदाताहरुले रक्तदान गरेका छन्।
बैंकले आफ्नो २३ वर्षे यात्रालाई स्मरण गर्दै आयोजना गरिएका यी कार्यक्रमहरुले संस्थागत एकता, कर्मचारीहरूको मनोबल अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वप्रति बैंकको प्रतिबद्धतालाई थप मजबुत बनाउने लक्ष्य लिएको छ।