सनराइज बैंकले महिलाहरूका लागि भदौ महिनामा विशेष योजना ल्याएको छ ।
बैंकले भदौ १ गतेदेखि १७ गतेसम्म सनराइज नारी बचत खाता हुने महिलाहरूलाई पहिलो कारोबारमा १५ प्रतिशत वा पाँच सय क्यासव्याक दिने व्यवस्था गरेको बताएको छ।
तिजको लागि महिलाहरुको किनमेल गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दैै बैंकले उक्त योजना सार्वजनिक गरेको बताएको छ।
भदौ महिनाभर बैंकले सम्पूर्ण नारी बचत खाता खोल्ने वा खाता भएका नारीहरूका लागि पहिलो वर्षको लागि फ्रि डेबिट कार्ड, फ्रि मोबाइल बैंकिङ, फ्रि डिम्याट, फ्रि मेरो सेयर र फ्रि क्रडिट कार्डको व्यस्था गरेको जनाएको छ।
त्यस्तै, गरगहना राख्नको लागि लकर सुविधा लिन सकिने जसमा ५० प्रतिशत छुटको व्यवस्था समेत गरेको छ।
बैंकले सनराइज नारी बचत खातामा १० हजार रुपैयाँसम्मको प्रसुती खर्च र ५ लाख रुपैयाँसम्मको घातक रोग खर्च दिदै आएको छ ।
साथै, स्वास्थ्य योजना अन्तर्गत १ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा र ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा समेत दिँदै आएको छ।