नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससिटी) ले माइ कार्ड नाममा पर्सनालाइज्ड कार्ड सर्भिस सेवा औपचारिक रूपमा सफलतापूर्वक सुरुवात गरेको छ।
यस सेवा अन्तर्गत एससिटी नेटवर्क अन्तर्गतका बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले आफ्नो इच्छा अनुसारको फोटो राखेर एससिटी-युनियन पे डेबिट कार्ड लिन सक्नेछन्।
हाल एससिटी-युनियन पे स्किम अन्तर्गत आइसिएफसी फाइनान्स लिमिटेडबाट सुरू गरिएको यो सेवा बैंक तथा वित्तीय संस्थाको रुचि अनुसार भविष्यमा भिसा तथा नेपाल पे स्किममा समेत सुरू गर्न सकिने गरी विकास गरिएको छ भने एससिटी नेटवर्क बाहेकका बैंक तथा वित्तीय संस्थाले समेत माइ कार्डको यो प्लेट्फर्म प्रयोग गरी सेवा प्रदान गर्न सक्नेछन्।
एससिटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससिटी-युनियन पे कार्ड जारी गर्दै आइरहेको छ।
एससिटीले आफ्नै कार्ड स्विचिंग संरचना स्मार्ट स्विच मार्फत एससिटी-युनियन पे कार्ड र भिसा कार्ड जारी गर्ने तथा भिसा, रुपे, मास्टर कार्ड तथा डिस्कभर कार्ड स्वीकार गरी कार्ड मार्फत हुने कारोबारको सेवा प्रदान गर्दै आएको छ।
विगत दुई दशकदेखि नेपाल भरि सुरक्षित सरल र भरपर्दो भुक्तानी सेवा दिॅंदै आएको एससिटी नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किम हो।