कुमारी बैंकको आज बसेको सञ्चालक समितिको बैठकले १२.५ प्रतिशत नगद लाभांश (कर सहित)वितरण गर्ने प्रस्ताव गरेको छ। १४ अर्ब ७१ करोड चुक्ता पुँजी भएको बैंकले लाभांश बापत एक अर्ब ८३ करोड रुपैयाँ लाभांश दिन लागेको हो।
यस्तो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको साधारण सभाले पारित गर्न बाँकी छ।