Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
बिहीबार, चैत ५, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Nmb
Nmb

नेपथ्यको आवाज

Royal Enfield
Royal Enfield
उमेश जिज्ञासु

उमेश जिज्ञासु

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

अचुक अन्धकार रातमा कतै गुन्जिरहेको सुनिन्छ- 'मेरो देश डुब्न लाग्यो किनारा लगाइदेउ, सपूत छौकी कोही माझि बचाइदेउ'। पुन: सन्नाटा, अन्धकार रातमा पुन: शुन्यता।

एका बिहानै समाचार बज्छ- 'अब समाचार विस्तारमा… कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ भने तीन जनाको मृत्युको कारण पुष्टि हुन बाँकी छ। यद्यपी मृत्युको कारण कोरोना हुन सक्ने आशंकाले स्वाब परीक्षण गरिदै छ। एक हजार जनाभन्दा बढी यसबाट संक्रमित भएका छन्।'

के हामी लाश गन्दै छौँ? मृत्यु अघि रोग पुष्टि गरेर उपचार गर्नुपर्ने हैन र?

काठमान्डौँको पाँच तले घरको पाचौँ तलामा रहेको कोठाबाट बाहिर निस्केर उत्तरी डाँडातिर हेर्दा हिमालको मनोरम दृश्य आँखामा टक्क अडिन्छ। बिहानीको घामको किरणसँगै सेताम्य हिउँमा परेको राताम्य घामले दृश्य मनमोहक बानाइरहेको हुन्छ।

एकछिन त्यतै हिमालतिर बरालिन्छु। अनि पुनः आफ्नै एक्लो कोठामा बसेर पुस्तक समाउछु। अह! पुस्तकमा ध्यान केन्द्रित हुँदैन। मन अशान्तिले भरिएको बेला शब्दमा अडिएको या भनौँ शब्द संरचनाले बनेको पुस्तकमा के ध्यान अडियोस्, परीक्षा पनि त आउँदै छैन।

जलिरहेको लाश देखेर यस्तो लाग्छ, संसार कति क्षणिक छ, हिजो थियो, आज छैन। आज छ, भोलि छैन। बैराग्यले छोप्छ मलाई तर आर्यघाटबाट गौशला पुग्न नपाउँदै बैराग्यको रंग फिक्का पर्न थाल्छ। मलाइ लाग्न थाल्छ- अरे मर्ने त अर्कै थियो, म कहाँ मर्छु? अरु पो मर्छन।

म आफु कहाँ मर्छु? अनि म विस्तारै जस्ताको त्यस्तै हुन्छु। आखिर किन लाग्छ कि म मर्दिन? के अब कोरोनाले मृत्यु मेरो पनि हुनसक्छ भन्ने भावको भय चलाएको हो? डाक्टर भन्छन कि जीवन र मृत्युबीचमा केही छ, मान्छेले नियर डेथ एक्सपेरियन्स गर्छ। के हामी यो समयमा नियर डेथ एक्सपेरियन्स गर्दै छौँ?

यसो घडी हेर्छु, समय रोकिएको छ। अरे समय पनि रोकिन्छ?

झसंग भएझै हुन्छ। पुन: समय हेर्छु बिहानको ९ बजेको हुन्छ। ए अब त खाना बनाउने बेला भएछ। किचनमा गएर रासन हेर्छु, सरकारले दिएको रासन त अस्ति सकिएको, रहलपहल पनि रैनछ। १ केजी चामाल र १ छाक तिउन किन्नलाई पसलतिर के बढ्दै थिए ढोकै अगाडि साउजी देखा पर्छन।

Ncell
Ncell

'के छ दाइ खबर?' (संवाद सुरु गर्दै भन्छु)

'के हुनु र भाइ? चारैतिर कोरोनाको त्रास छ, सरकारले केहि गर्ने हैन। मान्छे मरेपछि कोरोना परीक्षण गर्ने देशमा रहेका हाम्रो खबर इन बिट्विन डेथ जस्तै छ।'

'पसल खुल्ला छ दाइ?'

'सामान नभएको पसल के खोल्नु भाइ? बजार बन्द, जानलाई नि पास छैन। फेरि बाटामा आर्मी खटाएको छ रे कसरी जानु? कसरी खोल्नु?'

'ए...। साँच्चै दाजु अब लकडाउन खुल्ला त?'

दाजै भन्छन्- 'खुल्छ भाइ खुल्छ। केही रोगले अनि केही भोकले मरेपछि खुल्छ। अँ साँच्चि भाइसँग पैसो भए बरु मलाइ त राहत नै हुन्थ्यो।'

'कति जति भयो होला दाजु? लकडाउन खुलेपछि गाउँबाट पैसो मगाएर तिरोतारो गरुम भनेको?'

'दुई महिना भैसक्यो, बरु यता नै मिलाउ न है।'

हुन्छ दाजै भन्दै गेटबाटै रासनबिनाको कोठामा पुनः फर्किन्छु। उफ! समय बित्न पनि कति गार्हो भएको, ९ बजे निस्केको ५ बज्नु नि। एकै पटक बेलुकाको खानाको त समय हुने थियो। घडी हेर्छु ९:३० हुँदै रहेछ, लौ बर्बाद!

मोबाइलमा आएको फोनले झल्यास्स बिउँझन्छु। यसो हेरेको आमाको रहेछ।

म- 'हजुर'

आमा- 'के छ कान्छा खबर? सन्चै छस...?'

म- 'सन्चै छु अनि त्यता कस्तो छ?'

आमा- 'यता नि सन्चै छ। यता गाउँमा त कोरोना-कोरोना भन्छन्। यता त हावापानी राम्रो छ बाबै, आउदैन होला त्यो कोरोना। बरु सहरमा अलि जोगिएस्। काम चल्दै छ कि छैन?'

म- 'दुई महिनाबाट काम छैन, कोठामा बसेको बसेकै छु। बाहिर फेरो गरेको छैन, चिन्ता लिन पर्दैन। अनि त्यता नआउने भन्ने हैन, बरु जान्ने बुझ्ननेले भने झैँ गर्नु।'

आमा- 'हुन्छ अनि खाना खाइस त?'

म- 'भर्खर खाएर बसेको'

आमा आफ्नु ख्याल गर्नु भन्दै फोन राख्छिन्। उफ्! झुट बोल्न नि कति गाह्रो हुने सामान्य मानिसलाई त। हैन यत्रा नेताले तेत्रा झुट कसरी बोल्छन्? कोही मलाई नि सिकाइदेउ।

एकैछिन यो संसारको कुरालाई छोडेर शुन्यतातिर बरालिऔँ,

प्रिय जीवन,

हिजोसम्म साँस फेर्दै गरेको मान्छे आज कसरी सास फेर्न बन्द गर्छ? या भनौँ हिजोसम्मको जीवन, आज मृत्यु कसरी हुन्छ? के मृत्यु हुनु जीवन समाप्त हुनु हो? के सास फेर्नु नै जीवन जिउनु हो?

तिमी यस्तो प्रश्नको खोजि गर जसको उत्तर अरुबाट प्राप्त गर्न सकिदैन। यदि प्राप्त गरेपनि त्रिप्तता मेटिदैन, अरुबाट पाउन नसकेको उत्तर आफैले कसरी पाउन सकिन्छ? जब अरु नै रहदैनन्, तब आफू कसरी रहने?

अनुत्तरित प्रश्नको उत्तर केवल आत्माले दिन्छ, त्यो आत्मा जहाँ जीवन छ जहाँ संसार र जगत छ। जीवनले नै नबुझेको जीवनमा त मृत्यु हुनु त पैसा नहुनु न हो। मृत्युलाई पनि केही समय पछाडि सार्न सक्ने भएकाले नै त जीवनभन्दा या भनौँ मृत्यु(म) भन्दा सक्तिसाली पैसा भएको होला।

ठिक ३ बजेको समाचारमा सुनिन्छ.... 'मृत्यु हुनेको संख्या १५ पुग्यो…।'

करिब ४ महिने लामो यात्राबाट आएको कोरोनाले हाम्रो जस्तो देशलाई राम्रो समय दिएको थियो पूर्व व्यवस्थापन गर्नका निम्ति तर चुस्त, तन्दुरुस्त नहुनाले  या भनौँ प्रोएक्टिभ नहुनाले, नीति निर्माताले राम्रो नीति र तिनका कार्यन्वयन नगर्नाले आज जीउधनको क्षति भएको हैन र?

हिजो कोरोना व्यवस्थापनमा विश्वको नमुना काम गर्यो भन्ने सरकार, कोरोना मुक्त देश घोषणा गर्ने मन्त्री अनि हाम्रो हावापानी र खानपानले गर्दा कोरोना भाग्छ भन्दै तर्क राक्ने हरिलठ्ठक कार्याकर्ता अनि जनता नै मृत्युको पछाडिको हत्याको कारक हैनन् र?

यहाँ रोगले मरेकाको परीक्षण पछि थाहा होला तर भोकले मर्नेको खै के पछि थाहा हुन्छ, त्यो मृत्यु कि हत्या? यदि यस्तै अस्तव्यस्त, कुकर्मण्यता अवस्था रहे भोलिका दिनमा रोग र भोकको मृत्युले ठूलो जनधनको क्षति हुन्छ। जुन केवल मृत्यु नभएर खेल्वाडले निम्त्याएको हत्या हुनेमा आशंका गर्न सकिदैन।

नेपथ्यमा कतै देवकोटाको कविता गुन्जिरहेको हुन्छ- 'शून्यमा शून्य सरी बिलाएँ':

संसार रूपी सुख स्वर्गभित्र,

रमें रमाएँ लिइ भित्र चित्र।

सारा भयो त्यो मरुभूमि तुल्य,

रातै परेझैं अब बुझ्छु बल्ल।

रहेछ संसार निशा समान,

आएन ज्यूँदै रहँदा नि ज्ञान।

आखिर श्रीकृष्ण रहेछ एक,

न भक्ति भो, ज्ञान, नभो विवेक।

महामरुमा कण झैं म तातो,

जलेर मर्दो बिनु आश लाटो।

सुकी रहेको तरु झैं छु खाली,

चिताग्नि तापी जल डाल्न फाली।

संस्कार आफ्नो सब नै गुमाएँ,

म शून्यमा शून्य सरी बिलाएँ।

जन्में म यो स्वर्गविषे पलाएँ,

आखिर भै खाक त्यसै बिलाएँ।।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७  १०:४०
सिफारिस
श्रीमानलाई शवगृहमा रगताम्मे देखेपछि
श्रीमानलाई शवगृहमा रगताम्मे देखेपछि
सेनाले परेड खेलेर होइन, स्थानीयले घोडा दौडाएर मनाइन्छ पाटनको घोडेजात्रा
सेनाले परेड खेलेर होइन, स्थानीयले घोडा दौडाएर मनाइन्छ पाटनको घोडेजात्रा
उल्टियो नेपालमाथि मलेसियाले हात पारेको जित
उल्टियो नेपालमाथि मलेसियाले हात पारेको जित
'तातो भात' अभियानमा काम गरेकी रूबिनाको संसद यात्रा
'तातो भात' अभियानमा काम गरेकी रूबिनाको संसद यात्रा
रवि लामिछानेका वकिलको दाबी– पीडितको रकम फिर्ता गरी न्याय दिन मुद्दा संशोधन गर्नुपर्‍यो
रवि लामिछानेका वकिलको दाबी– पीडितको रकम फिर्ता गरी न्याय दिन मुद्दा संशोधन गर्नुपर्‍यो
सांसद बनिन् सहिदकी आमा
सांसद बनिन् सहिदकी आमा
Mit
Mit
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

सम्बन्ध!
उद्रिएका सपनाहरू!
अब यो देश कविले बनाउँछ!
कामना गरौँ...
मृत्यु पछिबाट चिहानको वरिपरि नियाल्दा!
आफ्नै खोजीमा...
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP