प्रहरीले लागुऔषध गाँजासहित पर्साबाट एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगन्ज नगरपालिका-१३ मुर्लीका ४४ वर्षीय उमर अन्सारी रहेका छन्।
उनलाई प्रहरीले मंगलबार वीरगन्ज-१५ बाइपास सडकबाट पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।
उनी सवार ना३८प ६२२६ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा १९ किलो गाँजा फेला परेको खनालले बताए।
अन्सारीलाई हिरासतमा लिएर लागुऔषध मुद्दामा अनुसन्धान थालिएको खनालले बताए।
नेपालका विभिन्न ठाउँमा उत्पादन हुने गाँजा सिमावर्ती क्षेत्र हुँदै भारत तस्करी हुने गरेको छ।