बजारमा निगुरोको मूल्य बढेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
कालीमाटी बजारमा आइतबार निगुरो प्रतिकिलो थोक मूल्य न्यूनतम ८० रूपैयाँदेखि अधिकतम एक सय रूपैयाँमा कारोबार भइरहेको छ।
एक साताअघिको तुलनामा यो प्रतिकिलो ३० रूपैयाँसम्म महँगो हो।
गत साता आइतबार बजारमा निगुरो प्रतिकिलो थोक मूल्य न्यूनतम ५० रूपैयाँदेखि अधिकतम ६० रूपैयाँमा कारोबार भइरहेको छ।
व्यवसायीहरूका अनुसार अहिले बजारमा निगुरोको सिजन सकिएकाले मूल्य बढ्न थालेको हो।
१५ दिनअघि कालिमाटी बजारमा निगुरो प्रतिकिलो थोक मूल्य २० देखि ३० रूपैयाँ थियो।
काठमाडौंमा निगुरो काठमाडौं उपत्यका लगायत नुवाकोट, धादिङ, काभ्रे लगायतका क्षेत्रबाट आउने गरेको छ।