बजारमा आँपको मूल्य बढेको छ।
माग अनुसार आँपको आपूर्ति नहुँदा मूल्य बढेको नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका उपाध्यक्ष मेघनाथ चौलागाईंले जानकारी दिए।
'बजारमा आँप एकदमै कम छ। त्यसैले मूल्य बढेको हो,' उनले भने।
उनका अनुसार आँपको मूल्य मंगलबारदेखि बढ्न थालेको हो।
बजार दसहरी, मालदह र कलकत्ते जातका आँप आइरहेको छ।
त्यसमध्ये दसहरी र मालदह आँपको मूल्य होलसेलमै एक सय रूपैयाँ पुगेको उनले बताए।
उनका अनुसार यसअघि यी आँप प्रतिथोक मूल्य ८५ देखि ९० रूपैयाँमा कारोबार भइरहेको थियो। त्यस्तै, कलकत्ते आँप आउन थालेको एक साता भयो।
यो जातको आँप प्रतिकिलो थोक मूल्य ६० रूपैयाँमा बिक्री भइरहेको छ।
अहिले बजारमा नेपाली आँपको सिजन सकिन लागेकाले मूल्य बढेको हो।
उनका अनुसार अनुसार अब केही दिन तराई क्षेत्रका आँप आउँनेछ भने त्यसपछि पहाडी भेगका आँप आउन थाल्नेछ।
ग्राहकले आँप साउन अन्तिमसम्म बजारमा किन्न पाउँछन्।