दसैंका लागि अहिले नै अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ।
अहिले प्रदर्शनका कारण उपत्यकामा रोकिएका यात्रुलाई पठाएपछि मात्र दसैंको अग्रिम टिकट बुकिङ खुल्ने भएको हो।
आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव सहित सरोकारवाला र यातायात व्यवसायीबीचको बैठकले यस्तो निर्णय गरेको हो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार आजको बैठकले एउटा उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गरेको छ। जसमार्फत तत्काल गर्नुपर्ने काम पनि तय भएका छन्।
यद्यपी आजको बैठकले दसैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भने गरेको छैन।
‘पहिलो चरणमा आन्दोलनले रोकिएका यात्रुलाई गन्तव्यसम्म सहजै पुर्याउने भन्ने निर्णय भएको छ,’ सिटौलाले भने, ‘त्यसपछि मात्र दसैंका लागि अग्रिम टिकट बुकिङ खुलाउनेबारे छलफल हुनेछ।
यसबारे सोमबार पुनः यातायात व्यवस्था विभागसहितका सरोकारवालासँग छलफल हुनेछ ।