याडिया नेपालले ग्राहकहरूका लागि 'मनसुन एक्सचेन्ज अफर' सुरू गरको छ।
नेपालका लागि याडियाको आधिकारिक बिक्रेता कुजु नेपालले साउन १५ गतेसम्म नेपालभरका याडिया सोरुमहरूमा उक्त एक्सचेन्ज अफर सञ्चालन गर्ने भएको हो।
कम्पनीका अनुसार यस एक्सचेन्ज अफरमा ग्राहकले याडियाका स्कुटर खरिदमा १० हजार रूपैयाँ नगद छुट पाउने छन्।
साथै, आफ्नो दुईपांग्रे सवारी एक्सचेन्ज गर्दा थप एक्सचेन्ज भ्यालुएसन प्राप्त गर्न सक्नेछन्। यसका अलवा ग्राहकले रेनकोट र हेल्मेट पनि पाउने छन्।
ग्राहकलाई खरिद प्रक्रिया थप सहज बनाउन शून्य प्रतिशत ब्याजदरमा इजी फाइनान्स सुविधा समेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
मनसुनको समयमा ग्राहकलाई थप सुविधा र मूल्य प्रदान गर्दै जुनसुकै ब्रान्डको दुईपांग्रे सवारीलाई आधुनिक इलेक्ट्रिक स्कुटरमा सहज रूपमा अपग्रेड गर्न प्रोत्साहन गर्ने उद्देश्यले यो अफर ल्याइएको कुजु नेपालले जनाएको छ।