काठमाडौं उपत्यकाको मौसम खुलेसँगै उत्तरतर्फका हिमशृंखला छ्यांगै देखिएका छन्। आकाश सफा हुँदा उपत्यकाका विभिन्न डाँडाकाँडाबाट हिमालको मनमोहक दृश्य देखिएको हो।
शरद ऋतु र जाडो यामको सुरूआती समयमा वर्षा वा हावाका कारण वायुमण्डलमा रहेको धुलो र प्रदूषण कम हुँदा काठमाडौं उपत्यकाबाट हिमाल स्पष्ट देखिने गर्छन्।
काठमाडौं आसपासबाट लाङटाङ, गणेश, जुगल लगायत हिमशृंखला देख्न सकिन्छ। मौसमको अवस्था र दृश्यावलोकन गर्ने स्थान अनुसार हिमालको दृश्य फरक देखिन सक्छ।
उपत्यकाबाटै हिमालको दृश्य अवलोकन गर्न चोभार पनि एक उपयुक्त गन्तव्य हो। यहाँबाट काठमाडौं उपत्यकाको दृश्यसँगै टाढासम्म फैलिएका डाँडाकाँडा र मौसम खुलेका बेला हिमालको मनोरम दृश्य देखिन्छ।

-1793095915.jpg)
-1793095915.jpg)
-1793095915.jpg)
-1793095914.jpg)
-1793095914.jpg)
-1793095914.jpg)
-1793095914.jpg)
-1793095914.jpg)
-1793095913.jpg)
-1793095913.jpg)
-1793095913.jpg)