पूर्ण रूपमा नयाँ लिपमोटर बी०३ एक्स (चिनियाँ बजारमा ए १० का रूपमा परिचित) चीनमै दोस्रो सर्वाधिक बिक्री हुने सवारी साधन बन्न सफल भएको छ।
यस मोडलले अगस्ट महिनामा मात्रै ३० हजार ६५२ युनिट बिक्री गरेको छ।
योसँगै बी०३ एक्स ले लिपमोटरको इतिहासमै सबैभन्दा छिटो एक लाख युनिट बिक्री हुने गाडी बनेर अटोमोबाइल उद्योगमै नयाँ कीर्तिमान कायम गरेको बताइएको छ।
गत मार्च २६ मा औपचारिक रूपमा बजारमा आएको मात्र १३५ दिनपछि, अर्थात् अगस्ट ७, २०२६ मा यो कोशेढुंगा पार गर्दै यस मोडलले बजारमा अभूतपूर्व माग हासिल गरेको छ।
यसको बढ्दो लोकप्रियताकै बलमा लिपमोटर लगातार दुई महिनासम्म एकै महिनामा १ लाखभन्दा बढी गाडी डेलिभरी गर्ने पहिलो चिनियाँ विद्युतीय सवारी स्टार्टअप बन्न सफल भएको कम्पनीको दाबी छ।
बी ०३ एक्सको यो तीव्र सफलताको प्रमुख कारण यसको पहुँचयोग्य इभी सेग्मेन्टमा लक्जरीस्तरको प्रविधि र प्रिमियम सुविधाहरूको संयोजन हो।
उत्कृष्ट प्रदर्शन र व्यावहारिकतालाई ध्यानमा राखेर निर्माण गरिएको बी०३ एक्स मा सेग्मेन्टकै अग्रणी १४५ किलोवाटको मोटर, ५५ किलोवाट ब्याट्री र ५०५ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज रहेको छ।
साथै, यसमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न मात्र १६ मिनेट लाग्ने फास्ट चार्जिङ क्षमता रहेको छ।
बी०३ एक्सको इन्टेरियरमा डुअल हाई-परफर्मेन्स चिपसहितको फ्ल्यागसिप प्रोसेसिङ पावर रहेको छ।
जसमा 'क्वालकम स्न्यापड्रागन' ८२९५ पी ककपिट चिपसमेत समावेश छ। साथै, यसमा ५१० लिटरको फराकिलो बुट स्पेस रहेको छ।
जसलाई पछाडिको सिट फोल्ड गर्दा १६०५ लिटरसम्म बढाउन सकिन्छ।
मासेराती, अल्फा रोमियो र प्युजो जस्ता १४ अग्रणी ब्रान्डहरूको मूल अटोमोबाइल समूह 'स्टेलान्टिस'को विश्वव्यापी साथ रहेको लिपमोटर चीनको नम्बर १ स्टार्टअप न्यू इनर्जी भेहिकल (एनइभी) ब्रान्ड हो।
कम्पनीले हालसम्म विश्वभर १७ लाखभन्दा बढी सवारी साधन बिक्री गरिसकेको छ।
जसअन्तर्गत जुलाई र अगस्ट गरी लगातार दुई महिनासम्म मासिक १ लाखभन्दा बढी युनिट बिक्री भएको कम्पनीको भनाइ छ।
साथै, विश्वका ४५ भन्दा बढी देशहरूमा फैलिएका दुई हजारभन्दा धेरै बिक्री तथा सेवा केन्द्रहरूको बृहत् सञ्जालमार्फत लिपमोटरले आफ्ना ग्राहकहरूलाई भरपर्दो सेवा र पूर्ण निश्चिन्तता प्रदान गर्दै आएको छ।