नेपालका लागि होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ग्राहकहरूका लागि 'होन्डाको चाडपर्व विशेष अफरको सफर' नामक विशेष र आकर्षक योजना सार्वजनिक गरेको छ।
ग्राहकहरूको चाडपर्वलाई अझै विशेष र खुसीयालीपूर्ण बनाउने उद्देश्यका साथ कम्पनीले यो योजना बजारमा ल्याएको हो।
जसमा ग्राहकहरुले होण्डाको नयाँ कार खरिद गर्दा १० लाख रूपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन्।
साथै, यस अफर अन्तर्गत ग्राहकहरुको थप सुविधालाई ध्यानमा राख्दै नयाँ कार खरिदमा १ आर्थिक वर्षको लागि सडक कर र १ आर्थिक वर्षकै लागि पूर्ण बीमा पूर्ण रुपमा नि:शुल्क उपलब्ध गराइएको छ।
गाडी खरिदपछिको ग्राहक अनुभवलाई अझै उत्कृष्ट र झन्झटमुक्त बनाउन कम्पनीले ५ वर्षसम्मको लागि नि:शुल्क सर्भिसिङ र १ वर्षको लागि नि:शुल्क सडक सहायताको विशेष व्यवस्था समेत गरेको छ।
त्यसैगरी, पुरानो गाडी साटेर नयाँ होन्डा कार लिन चाहने ग्राहकहरूका लागि सजिलो तथा अन–द–स्पट एक्सचेन्ज सुविधाका साथै आकर्षक एक्सचेन्ज बोनसको समेत व्यवस्था यस योजनामा गरिएको छ।
नयाँ गाडी खरिदलाई आर्थिक रुपले थप सहज बनाउन स्याकार हायर पर्चेज र एनआइसी एसिया बैंकसँगको सहकार्यमा आकर्षक र निकै कम ब्याजदरमा सजिलो फाइनान्सिङको सुविधा पनि यस अफरमा समावेश गरिएको छ।
कम्पनीका अनुसार यो 'होन्डाको चाडपर्व विशेष अफरको सफर' योजना इन्द्रजात्राको दिन अर्थात् शुक्रबारदेखि सुरू भई छठ पूजा अर्थात् नोभेम्बर १६, २०२६ (सोमबार) सम्म देशभरका होन्डा कार सोरूमहरूमा लागू हुनेछ।
कम्पनीका अनुसार यस योजना अन्तर्गत होन्डा कार खरिद गर्दा नियम तथा सर्तहरू लागू हुनेछन्।