टोयोटा सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि सहज वित्तीय सुविधा सार्वजनिक गरिएको छ।
नेपालमा टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) प्रा.लि. र एनआइसी एसिया बैंक लिमिटेडबीच भएको विशेष वित्तीय सहकार्यअन्तर्गत ग्राहकले सात वर्षसम्म ५.९९ प्रतिशत वार्षिक स्थिर ब्याजदरमा अटोलोन प्राप्त गर्न सक्नेछन्।
यस सहकार्यअन्तर्गत ऋण प्रशासन शुल्कमा २५ बेसिस पोइन्टसम्म छुटसमेत उपलब्ध हुने जनाइएको छ।
उक्त सुविधा बैंकको ऋण नीति तथा नेपाल राष्ट्र बैंकका सम्बन्धित निर्देशनअनुसार लागू हुने बताइएको छ।
दसैंलाई लक्षित गर्दै ल्याइएको यस विशेष योजनाले ग्राहकलाई सहज वित्तीय पहुँच प्रदान गर्नुका साथै आफूले रोजेको टोयोटा सवारीसाधन खरिद प्रक्रिया थप सरल बनाउने अपेक्षा गरिएको छ।
समझदारी पत्रमा युटिएसका डेपुटी जनरल म्यानेजर (सेल्स एन्ड मार्केटिङ) रेखा शाह कार्की र एनआइसी एसिया बैंकका चिफ बिजनेस अफिसर, रिटेल बिजनेस अमित के.सी.ले हस्ताक्षर गरे।