सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै ९० दिन सम्म चल्ने “लखपति एक्स्प्रेस २०७६, न यति न उति सिधै लखपति” उपहार योजना घोषणा गरेको छ ।
सिटी एक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक १० जनाले २०० रुपैयाँको मोबाइल टप अप जित्न सक्नेछन् । त्यसैगरी साप्ताहिक रुपमा १ जना विजेताले १० हजार र हरेक महिना लक्कीड्रमा विजयी हुने १ जनाले १ लाख उपहार पाउनेछन्।
उपहार योजनाको अन्त्यमा १ जना विजेताले बम्पर उपहार १० लाख जित्न सक्नेछन् । यो योजना अफर असोज १ गते देखि मंसिर ३० गते सम्म लागू हुने कम्पनीले जानकारी दिएको छ ।