ओरियन्ट होटलको शेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेन्जले मंगलबारदेखि कारोबार हुनेगरि नयाँ शेयर मूल्य निर्धारण गरेको हो।
होटलले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयरलाई समायोजन गरेर नयाँ शेयरमूल्य निर्धारण गरेको छ।
नयाँ मूल्य अनुसार बैंकको शेयर मूल्य प्रतिकित्ता ४ सय ५३ रुपैयाँ ३३ पैसा कायम गरिएको छ।
गत असोज १३ गते बसेको होटल सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। जसमा ५ प्रतिशत बोनस शेयर र १०.७९ प्रतिशत नगद लाभांश समाबेश छ।
होटलले कार्तिक ७ गते बाइसौं वार्षिक साधारणसभा आब्हान गरेको छ। उक्त साधारण सभाले लाभांश प्रताव पारित गर्ने होटलले जनाएको छ।