एनआईसी एशिया बैंक लिमिटेड र संस्कृति इन्फोएजबीच हवाई टिकटमा क्यास ब्याकको सम्झौता भएको छ।
तिहार र छठकोअवसरमा एन आई सी एशिया बैंक र संस्कृति इन्फोएज प्रा. लिले हवाई टिकटमा कयास ब्याकको सम्झौता गरेका हुन्।
एनआईसी एशिया बैंकका ग्राहकलाई आन्तरिक र अन्तर्राष्ट्रिय उडानको हवाई टिकट इन्टरनेट बैकिङ, मोबाइल बैकिङ र कनेक्ट आईपीएसमार्फत् बुक गर्दा क्यास ब्याक प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौताबमोजिम बैंकका ग्राहकहरुले एनआईसी एशियाको इन्टरनेट बैकिङ, मोबाइल बैकिङ र कनेक्ट आईपीएस प्रयोग गरी अनलाईनमार्फत्
अन्तर्राष्ट्रिय हवाई टिकट बुक गर्दा ५०० रुपैयाँ क्यास ब्याक तथा आन्तरिक हवाई टिकट बुक गर्दा ३०० रुपियाँ क्यास ब्याक प्राप्त गर्नसक्ने भएका छन्।
उक्त क्यास ब्याक सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले आन्तरिक उडानका लागि एनआइसीए नेपाल, भारतका लागि एनआइसीए र अन्य अन्तर्राष्ट्रिय उडानका लागि एनआइसीए प्रोमो कोड बुकिङका क्रममा प्रयोग गर्नुपर्नेछ।
सो सम्झौतापत्रमा बैंककोतर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी संस्कृति इन्फोएज प्रालि (माई ट्रिप टु नेपाल)को तर्फबाट बिजनेश डेभलपमेन्ट डाइरेक्टर आशिष जजोडियाले हस्ताक्षर गरेका हुन्।
यो योजना गत शुक्रबारदेखि कात्तिक १६ गतेम्म लागू हुने गरी संचालन गरिएको छ।