साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक १२.८३ अंकले घटेको छ।
नेप्से ०.४८ प्रतिशतले घटेर २६२०.९२ विन्दुमा बन्द भएको हो।
बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
अघिल्लो कारोबार दिन पाँच अर्ब १३ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर चार अर्ब ७१ करोड रूपैयाँमा झरेको छ।
यसदिन ३३६ वटा धितोपत्रको एक करोड एक लाख ५३ हजार २२६ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार ६३ कम्पनीको सेयरमूल्य बढेको छ भने १८९ वटाको घटेको छ। यस्तै, आठ कम्पनी स्थिर छन्।
आज विन नेपाल लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ४८१ रूपैयाँ १० पैसामा झरेको छ।
यस्तै, एसवाई प्यानलको सेयर मूल्य ९.०९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ५६ रूपैयाँ पुगेको छ।
यसैगरी, ग्लोबल आइएमई समुन्नत योजना-२ को मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रूपैयाँ ९८ पैसामा झरेको छ।
बिहीबार एसवाई प्यानलको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता एक हजार ५६ रूपैयाँमा २३ करोड ४१ लाख बराबरको सेयर कारोबार भएको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको ६०७ रूपैयाँ ५० पैसामा १३ करोड ८० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये अन्य समूहको परिसूचक ०.०१ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक १.०९ प्रतिशतले घटेको छ।