सांग्रिला डेभलपमेन्ट बैंकको सहयोग र कोइस्ट इन्टरनेसनल कलेजको आयोजनामा नारायण प्रसाद ‘स्मृती बास्केटबल प्रतियोगिता २०७६’ सम्पन्न भएको छ।
बास्केटलबल प्रतियोगितामा काठमाडौंका विभिन्न कलेजहरूको सहभागिता रहेको थियो।
शुक्रबार सम्पन्न प्रतियोगिताको महिलातर्फ प्रथम साइपल कलेज, दोस्रोमा रिलायन्स इन्टरनेसनल एकेडेमी भएकाे छ।
त्यसैगरी पुरुषतर्फ प्रथममा सिसिआरसी कलेज र दोस्रोमा ओमेगा कलेज भएकाे छ।
बास्केटबल प्रतियोगिताका बिजेताहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकका संचालक लिसा शेरचनले पुरस्कार वितरण गरेकि थिइन्।
उक्त बैंकको ९१ शाखा कार्यालयहरु छन्।