सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लकडाउनको समयमा बीमितहरुले घर बसेरै सिटिजन लाइफ इन्स्योरेन्सको मोबाइल एपमार्फत आफ्नो विवरण आफै हेर्न सकिने सेवा सुरु गरेको छ।
सिटिजन लाइफको एप सजिलै प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ। त्यहाँबाट लग इनमा गएर पोलिसी होल्डर छनौट गरी आफ्नो पोलिसी नम्बर र पासवर्ड राखेर आफ्नो सम्पूर्ण विवरण हेर्न सकिने कम्पनीले बताएको छ।
यस एप मार्फत बीमितले लिएको बीमा योजना, कुल बीमाङ्क रकम, आफुले अहिलेसम्म तिरेको बीमा शुल्कको विवरण साथै भविष्यमा कहिले र कति नवीकरण शुल्क तिर्नपर्छ भन्ने कुराको सम्पूर्ण जानकारी लिन सकिन्छ।
साथै सिटिजन लाइफको यस एपमा बीमा शुल्क सहितको प्रिमियम शुल्क गणना गर्ने प्रिमियम क्यालकुलेटर सुविधा, कम्पनीको सम्पूर्ण योजनाहरुबारे विस्तृत जानकारी र कम्पनीको सबै शाखा कार्यालयहरुको विवरण पनि दिइएको कम्पनीले जानकारी दिएको छ।