ग्लोबल आइएमई बैंक लिमिटेड र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पा प्रा.लिबीच सम्झौता भएको छ।
बैंकका ग्राहक तथा कर्मचारीहरुले होटल, रिसोर्ट र स्पामा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरुमा छुट पाउने सम्बन्धी सम्झौता भएको हो।
सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकको बजार तथा व्यवसाय प्रवर्द्धन प्रमुख शान्ता शिवाकोटी र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पा प्रा.लि.का उपाध्यक्ष शरद प्रधानले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार ल्याण्डमार्क होटल रिसोर्टको काठमाडौं, पोखरा तथा चितवनमा रहेका होटलमा ग्लोबल आइएमई बैंकको डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड, मोबाइल बैंकिङ, इ–बैंकिङ्ग तथा क्यु आर कोड प्रणाली मार्फत भुक्तानी गर्दा बैैंकका ग्राहक तथा कर्मचारीहरुले छुट पाउने छन् ।
ग्लोबल आइएमई बैंकले ७१ वटा जिल्लामा २ सय ५९ शाखा सञ्जाल सहित २ सय ३४ एटिएम, ४३ एक्स्टेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २ सय २७ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालयमार्फत सेवा दिइरहेको छ।