महालक्ष्मी विकास बैंकले सिद्दार्थनगर नगरपालिका.–४, दोगहरामा अवस्थित श्री दुर्गा माध्यामिक विद्यालयमा अध्यनरत २७० जना बालबालिकालाई विद्यालय पोशाक वितरण गरेको छ।
सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले विद्यार्थीलाई पोशाक वितरण गरेको हो।
विद्यालयका अध्यक्ष मुक्ति यादव र बैंकका सञ्चालक समितिका सदस्य राहुल अग्रवालले अभिभावकहरुलाई पोशाक वितरण गरे।
बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।