सनराइज बैंकले कार्डलेस भुक्तानी सेवा सुरु गरेको छ। अब सनराइज बैंकको कार्ड बिना नै एटिएमबाट रकम झिक्न सकिन्छ।
यस सेवाअन्र्तगत ग्राहकहरुले आफ्नो सनराइज स्मार्ट प्लस (मोबाइल बैंकिङ्ग) प्रयोग गरेर कार्डलेस विदड्रअल अप्सनमा जानुपर्छ। त्यसपछि आफूले भुक्तानी गर्न चाहेको रकम हालेर सबमिट गर्नुपर्छ। यससँगै
ग्राहकको सम्बन्धित मोबाइल नम्बरमा ओटिपी कोड एसएमएस मार्फत आउनेछ।
ओटिपी कोड प्रयोग गरी सजिलै कार्ड बिना नै रकम झिक्न सकिने बैंकले बताएको छ। ओटिपी कोड गोप्य र सुरक्षित राख्न अति आवश्यक छ।
यो सुविधा ग्राहकहरुले बैंकको देशभरी रहेको १६१ वटा एटिएममार्फत लिन सक्नेछन्।