ग्लोबल आइएमई बैंकको नयाँ शाखा काठमाडौंको खुसिबुमा सञ्चालनमा आएको छ। बैंकले सोमबारबाट उक्त शाखा सञ्चालनमा ल्याएको हो। नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २८१ पुगेको छ।
त्यस्तै, बैंकले मोरङ जिल्ला सुनबर्षी नगरपालिका –२, अमरदहमा नयाँ एक्सटेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ। नयाँएक्सटेन्सन काउन्टरको सुरुवातसँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या ४८ पुगेको छ।
ग्लोबल आइएमई बैंकले ७६ जिल्लामा २८१ शाखा, २५१ एटीएम, २६० शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८४० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ।