आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित 'आइएमई पे'ले प्रयोगकर्तामाझ ‘क्युआर डे विथ आइएमई पे’ अफर सार्वजनिक गरेको छ।
यस अफरअन्तर्गत सबै प्रयोगकर्ताहरूले कुनै पनि क्युआर पेमेन्ट आइएमई पे एपमार्फत भुत्तानी गर्दा दिनभरीमा १० प्रतिशत छुट (अधिकतम रू. १०० सम्म) प्राप्त गर्ने व्यवस्था मिलाइएको छ।
आइएमई पेले यस अफर ल्याउनको मुख्य उद्देश्य आफ्ना नियमित र सम्भावित ग्राहकलाई आइएमई पे एप डाउनलोड गरी डिजिटल भुक्तानी माध्यममा परिणत हुन प्रोत्साहन गर्नु रहेको बताएको छ। उक्त अफर असार १० गतेका दिन मात्र मान्य हुनेछ।
अफर अन्तर्गत पहिलो २५ सय सेवाग्राहीहरूले मात्र क्यासब्याक पाउँनेछन् भने पियर्स‐टु‐पियर्स क्युआर ट्रान्जेक्सनमा यो अफर अन्तर्गतको क्यासब्याक प्राप्त गर्न सक्दैन।
आइएमई पे नेपालकै अग्रणी फिनटेक मध्ये एक हो, जसले डिजिटल वालेटका सबै सुविधाका साथै अन्य आर्थिक लाभहरू प्रदान गरिरहेको छ।