नेपाल राष्ट्र बैंकले दुई वटा बैंकलाई कारवाही गरेको छ।
चौथो त्रैमासमा अनिवार्य नगद मौज्दात नपुर्याएको भन्दै राष्ट्र बैंकले स्ट्यान्डर्ड चार्टर्ड र नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकलाई कारवाही गरेको हो।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले करिब ६४ हजार र एनसिसी बैंकले करिब ५० हजार रूपैयाँ हर्जाना तिरेका हुन्।
बैंकहरूले कुल निक्षेपको आधारमा करिब तीन प्रतिशत अनिवार्य नगद मौज्दात राख्नुपर्ने व्यवस्था छ। चालू आर्थिक वर्षबाट भने यो दर बढाएर चार प्रतिशत बनाइएको छ।