बिहीबार अमेरिकी डलरको भाउ घटेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रूपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रूपैयाँ १६ पैसा कायम गरिएको छ।
बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ६९ पैसा र बिक्रीदर १३३ रूपैयाँ २९ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको १३ पैसा घटेको हो।
आज युरोपियन युरो एकको खरिदमा भने १४५ रूपैयाँ ०९ पैसा र बिक्रीमा १४५ रूपैयाँ ७४ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ८६ पैसा र बिक्रीमा ८९ रूपैयाँ २६ पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९९ रूपैयाँ १२ पैसा र बिक्रीमा ९९ रूपैयाँ ५७ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १६९ रूपैयाँ ३८ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३५ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५१ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ०९ पैसा र बिक्रीमा ३६ रूपैयाँ २६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रूपैयाँ ५६ पैसा र बिक्रीमा २८ रूपैयाँ ६९ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ०८ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ०३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ६२ पैसा र बिक्रीदर ३५३ रूपैयाँ २१ पैसा तोकिएको छ।