साल्ट ट्रेडिङ कर्पोरेसनले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
गत वर्ष भने कम्पनीले १० प्रतिशत बोनस सेयर र कर सहित ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो।