नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको फोटो र नाम दुरूपयोग भएको पाइएको छ।
गभर्नर अधिकारीको नाम र तस्वीर दुरूपयोग गर्दै ह्वाट्स एप खाता प्रयोग भएको भेटिएको राष्ट्र बैंकले जनाएको छ।
गभर्नर अधिकारीको नाम र तस्वीर दुरूपयोग गर्दै ह्वाट्स एप खाताबाट विभिन्न व्यक्तिहरूसँग संवाद गरेको भेटिएको भन्दै राष्ट्र बैंकले सचेत रहन सार्वजनिक सूचना जारी गरेको छ।
राष्ट्र बैंकका अनुसार ९८१४४८६४४९ नम्बर दुरूपयोग गर्दै गभर्नर अधिकारीको नक्कली ह्वाट्स एप खाता बनाइएको छ।
