महालक्ष्मी विकास बैंककोे २२औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।
यस अवसरमा बैंकले आर्थिक वर्ष २०७९-८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित भएको छ।
बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८० आषाढ मसान्तको वासलात, आर्थिक २०७९-८० को नाफा नोक्सानको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरू छलफल गरी स्वीकृत भएका छन्।
यसैगरी सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७९-८० सम्मको मुनाफा रकमबाट सेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
उक्त साधारण सभाले विदेशी बैंक तथा वित्तीय संस्थालाई रणनीतिक साझेदार/लगानीकर्ताको रूपमा भित्र्याउने प्रस्ताव पनि पारित गरेको छ।